Tuesday, April 21 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

आचारसंहिता परिपालनाबाटै स्वच्छ निर्वाचन

आचारसंहिता परिपालनाबाटै स्वच्छ निर्वाचन

मुलुक प्रतिनिधि सभाको निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी गरिरहेका छन् । लोकतन्त्रको सुन्दर पक्ष र जनताबाट अनुमोदित हुने प्रक्रिया निर्वाचन हो । सरकारले तोकेको समयमा निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउन दलको भूमिका पनि अपरिहार्य छ । यसै सन्दर्भमा महिला आन्दोलन, समावेशी, राजनीतिक दलको भूमिकाका सन्दर्भमा नेकपा (एमाले) की नेतृ तथा पूर्वमन्त्री भगवती चौधरीसँग गोरखापत्रका लागि लक्की चौधरी र केशवराज पौडेलले गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ :

सरकारले आउँदो फागुन २१ गतेका लागि तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचन र निर्वाचन आयोगले गरेको तयारीलाई कसरी हेर्नुभएको छ ? 

नेकपा (एमाले) लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । २०७९ सालमा मतदाताले पाँच वर्षका लागि हामीलाई म्यान्डेट दिएर पठाउनुभयो । सो समयसीमा पूरा नहुँदै निर्वाचनमा जाने बाध्यात्मक परिस्थिति सिर्जना भयो । सरकारले तोकेको मितिमा निर्वाचनमा सहभागी हुने निर्णय एमालेले गरेपछि हामी त्यसको तयारीमा लागिसकेका छौँ । यद्यपि एमालेले सुरुदेखि नै संसद् पुनस्र्थापनाको मागलाई अगाडि बढाएको छ । त्यो माग हाम्रो निरन्तर रहने छ । यसोभन्दा एमाले निर्वाचनबाट भाग्न खोजेको हैन, एमाले निर्वाचनबाट कहिल्यै पनि भाग्दैन । त्यसमा सहभागी हुन्छ । मतदाताले अनुमोदन गर्ने कुरालाई एमालेले स्विकार्छ, निर्वाचनका आचारसंहिता पूर्ण पालना गर्छ । अरूलाई पनि पालना गराउन एमालेले भूमिका खेल्छ । 

सरकारले निर्वाचनको मिति तोकेर त्यसको तयारी अगाडि बढाएको छ । सरकार सुरक्षा सुदृढ गर्नेतर्फ अग्रसर छ तर व्यक्तिगत र पार्टीगत रूपमा भन्नुपर्दा हामीलाई निर्वाचन सहज र शान्तिपूर्ण हुन्छ भन्ने कुरामा पूर्ण विश्वास भइसकेको छैन । त्यसका खास खास कारण छन् । नवयुवा (जेनजी) आन्दोलनपछि धेरै ‘मस्ट वान्टेड’ अपराधीहरू जेलबाट फरार भएका छन् । सुरक्षाको प्रत्याभूति आममतदाताले गर्न सकिरहनुभएको छैन । कुन बुथ कति सुरक्षित हुन्छ भन्नेमा हामी चिन्तित छौँ । सरकारले सेना र प्रशासनलाई निर्देशित त गरेको छ तर नेकपा (एमाले) लाई मात्र लक्षित आव्रmमण हुने हो कि भन्ने हाम्रो आशङ्का छ । त्यसमा सरकारले अझ सुरक्षाको प्रबन्ध मिलाउन आवश्यक छ । 

भनेपछि निर्वाचन निष्पक्ष हुनेमा तपाईंलाई शङ्का छ ? 

एमालेले सुरुदेखि नै यो विषयलाई प्राथमिकताको साथ उठाउँदै आएको छ । भदौ २३ र २४ गतेको घटनाले हामीलाई झस्काएको छ । प्रशासनिक निकाय कति निष्पक्ष रहलान् भन्ने प्रश्न पनि छ । सरकारले सर्वदलीय छलफल गरेर दललाई आश्वस्त पार्नु पर्छ । हरेक जिल्लाका हरेक निर्वाचन क्षेत्रका प्रत्येक बुथ सुरक्षित रहेको प्रत्याभूति दिलाउन सरकारसक्षम हुनु पर्छ । हामी लोकतान्त्रिक शक्ति भएकाले चुनावबाट भाग्दैनौँ तर वातावरण भयरहित हुनु पर्छ भन्ने आवाज उठाउन कहिले पनि छाड्दैनौँ । 

२०७९ सालको निर्वाचनमा तपाईं सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । फेरि तपाईंलाई नै पार्टीले उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कस्तो अनुभव भइरहेको छ अहिलेको अवस्थामा ? 

निर्वाचन भनेको जनताले गर्ने फैसला हो । म मेरो क्षेत्रका मतदातासँग नजिक छु । उहाँहरूको सुख दुःखमा साथ दिइरहेको छु । मैले जनतासँग निरन्तर संवाद गरिरहेको छु । अब हिजोको २०७९ सालको निर्वाचनको परिस्थिति र अहिलेको परिस्थिति अलिकति फेरिएको छ । मतदाताको मन र मतको संरक्षण गर्नु हरेक उम्मेदवारको दायित्व पनि हो । 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको यो सरकार, त्यसपछि विशेष परिस्थितिमा यो निर्वाचन हुन गइरहेको छ । संसद् विघटन भएपछि चुनाव हुन गइरहेको छ ? यो जेनजी आन्दोलनको पछिल्लो परिस्थितिलाई पनि तपाईंले कसरी हेर्नुभएको छ ? 

नयाँ पुस्ता (जेनजी) ले आन्दोलनमा उठाएका मुद्दा एकदम जाजय छन् । तत्कालीन अवस्थामा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा तथा सुशासन र भ्रष्टाचारविरुद्धको मुद्दा अत्यावश्यक विषय हो । एकदमै मुख्य र आवश्यक रहेको तलदेखिमाथि जेलिएको मुद्दा नवयुवाले उठाउनुभयो । यसमा कसैले अकाट्य वा नकार्न सक्दैन । यो हुनु पर्छ भनेर हामी पनि भन्छौँ । त्यसमा मेरो पूर्ण सहमत छ । 

अहिलेको तीन वटा सरकार तलको स्थानीय सरकार, प्रदेश सरकार, माथिको सङ्घीय सरकार तर जहाँ जाँदा पनि विशेष गरेर तल्लो तहका जनता चाहिँ केन्द्रमा हुन्छ । स्थानीय तहदेखिका बेथितिलाई सम्बोधन गर्न आवश्यक रहेको छ भनेर मैले पटक पटक संसद्मा पनि बोलेको छु । हाम्रो पार्टीको नेतृत्वमा सरकार भएको समयमा यस विषयलाई मैले संसद्मा उठाएको पनि छु । त्यसकारण जेनजीले उठाएका मुद्दा बेथितिविरुद्धको हो । यसलाई चाहिँ क्रमशः सुधार गर्दै जानु पर्छ भन्ने कुरा त राम्रो मुद्दा थियो तर बिचमा भदौ २४ गतेको जुन आन्दोलनमा घुसपैठ भयो । त्यसको समीक्षा हुन आवश्यक छ । जसरी सरकारी, प्रशासनिक, अदालत, राजनीतिक दलका कार्यालय र व्यक्तिका घरमाथि नै आव्रmमण गरियो त्यो निकै दुःखदायी विषय हो । 

पहिलो दिन जसरी युवाको ज्यान गयो । प्रहरी प्रशासनबाट कमजोरी भए । आन्दोलनमा गोडामुनिबाट अथवा कम्मरमुनिबाट अश्रुग्यास र गोली चलाउने सिस्टम उनीहरूलाई तालिम दिएको हुनेभए पनि त्यसको कार्यान्वयन गरिएन । कसैलाई छातीमा, कसैलाई टाउकोमा गोली लागेको घटनाबारे निष्पक्ष छानबिन गरिनु पर्छ । त्यसमा हामीले पनि के बुझ्नु पर्छ भने आन्दोलनको नाममा त्यहाँ पनि घुसपैठ छ कि भन्ने विषय अनुसन्धानमा पर्नु पर्छ । सरकारले त्यसमा ध्यान दिनु पर्छ । भदौ २४ गतेको आन्दोलनमा जुन काम भयो । प्रशासनिक निकायदेखि व्यक्तिका घरसम्म आव्रmमणमा परे । राजनीतिक दलका कार्यालय पनि जलाइए । सिंहदरबार जो कलात्मक धरोहर पनि थियो एक खालको, यसलाई संरक्षण नै गर्नु पथ्र्यो । त्यो जलाइयो यसको पनि समीक्षा गर्न आवश्यक छ । आन्दोलनका नाउँमा अड्डा अदालतसँगै ऐतिहासिक कागजपत्र, सर्वोच्चमा विचाराधीन विभिन्न मुद्दाका प्रमाण कागजात संलग्न मिसिल र फैसला सम्पूर्ण जुन जलाइयो नि ? यो कुराले सहज रूपमा साँच्चिकै नयाँ पुस्ताको आन्दोलन होइन जस्तो बुझिन्छ । त्यस कारण यस्ता आन्दोलनमा घुसपैठ गरेर नेपाललाई कमजोर बनाउने प्रयास गरिएको मैले महसुस गरेको छु । 

नेपाल अहिले विकासशील राष्ट्रमा जाँदै थियो, विकासोन्मुख राष्ट्रमा जाँदै थियो । त्यसो हुँदाखेरि अब यसलाई विकासोन्मुख हुन नदिने भन्ने पनि हिसाबले केही भएको होला कि जस्तो महसुस भएको छ । 

जेनजी आन्दोलनपछि पुस्तान्तरण विषय निकै चर्चामा छ ? तपाईंले बुझेको चाहिँ के हो पुस्तान्तरण?

पुस्तान्तरण आजको आवश्यकता हो । अनुभव, नीति, सिद्धान्त, विचारले खारिएर राजनीति गर्न आउँदा त्यसले राजनीतिको गरिमालाई अझ उँचो बनाउँछ कि जस्तो पनि लाग्छ । राजनीति समाजसेवा र नेतृत्वमा निःस्वार्थ सेवा भावले आउने हो । नेपालमा थोरै नयाँ पुस्ताको आन्दोलन भन्नुस् अथवा जे भन्नुस् कतै न कतै स्टन्ट हुने गरेको छ । 

हाम्रो नैतिक शिक्षा, हाम्रो सामाजिक आचरणलाई पनि ध्यान दिनु आवश्यक हुन्छ । त्यसकारण नयाँ पुस्ता मात्रै भनेर हुँदैन । नयाँ पुस्ता टेक्नोलोजीमा फास्ट हुन्छ, यो कुरा कसैले काट्न सक्दैन । झन् आउने नयाँ पुस्ता अल्फा पुस्ता झन् राम्रो होला तर त्यो अब नयाँ पुस्ता हुँदैमा खारिनु पर्दैन र ? समाज के हो, समाजको चरित्र के हो, सभ्यता के हो भन्ने सबै मूल मर्ममा सबैलाई बिर्सेर एउटाले केही भन्यो त्यतातिर धारणा बनायो । यसलाई मात्र पुस्तान्तरण भन्न मिल्दैन । पुस्तान्तरण भनेको अब टेक्नोलोजीमा फास्ट हुन्छ भन्दाभन्दै देश बनाउने कुरा हो भने समाज बनाउँदै, गाउँ बनाउँदै, ठाउँ बनाउँदै अनि देश बन्छ । त्यसकारण गाउँ र समाज र त्यहाँको सामाजिक चालचलन चरित्र सबैलाई ध्वस्त पारेर देश बन्दैन । त्यस कारण त्यति मात्र पुस्तान्तरण होइन तर पुस्तान्तरणबिना हस्तान्तरण सम्भव पनि छैन । राजनीतिक नेतृत्वसँगै संसदीय राजनीतिमा पुस्तान्तरण आवश्यक छ । 

अब यो पछिल्लो निर्वाचन घोषणा भएपछि राजनीतिक वृत्तमा राजनीतिक दलको बिचमा एक किसिमको ध्रुवीकरण, दलहरू मिल्ने, समन्वय गर्ने, सहजीकरण गर्ने व्रmम व्यापक रूपमा छ । केही दल फुटको सँघारमा छन् । यसको सन्देश के हो ?

लोकतन्त्रको सुन्दर उपहार नै निर्वाचन हो । ‘बाई दी पिपुल, फर दी पिपुल’ भनेर हामी डेमोक्रेसीका अर्थहरू बुझ्छौँ ।  प्रजातन्त्रको अर्थ, डेमोक्रेसीको अर्थ, रिपब्लिकनको अर्थ भनेको प्रजाकै लागि जनताकै लागि सब चिज गर्ने गराउने माध्यम पनि र शक्ति पनि हो । उनीहरूकै अधिकार संरक्षणका लागि हो । सत्ता चलाउँदा चलाउँदा कहिलेकाहीँ अब त्यहीँभित्र चाहिँ अलिकति अटोक््रयाट भए जस्तो सामन्तीपना आफ्नोलाई मात्रै अथवा उसलाई मात्रै देख्ने भने जस्तो अलिकति एनालाइसिस छोडिदिने भन्ने कुरा रहँदैन । 

मुलुककै एउटा प्रजातान्त्रिक ठुलो शक्ति मानिने नेपाली कांग्रेसमा समस्या देखियो ? तपाईंले यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?

एउटा ठुलो र इतिहास बोकेको दलमा समस्या आउँदा त्यसको असर सबै दलमा पुग्न सक्छ । इतिहास बोकेको ठुलो दल, त्यसमा पनि एकदमै चुनावकै मुखमा आएर समस्या देखिँदा त्यसले निर्वाचनको प्रक्रियामा पनि असर पार्न सक्छ । नेपाली कांग्रेसमा देखिएको समस्या अदालतसम्म पुगेको छ । यसलाई आममतदाताले विवेचना गरिराखेका छन् कतै चुनाव त सर्ने होइन भने जस्तो अवस्था छ । त्यसकारण दल फुट भएको राम्रो होइन । अझ पनि समय छ उहाँहरू मिल्नुभयो भने झनै राम्रो हुन्छ, मिल्नुभएन भने अर्को दललाई पनि यस्तै प्रहारहरू आउन सक्ने हुन्छ । दलभित्र केही समूह वा गुट बनाएर । ऊ नेपाली कांग्रेस त यसरी फुट्यो हामी किन नहुने ? हामी किन नगर्ने ? तर दलहरू पनि त एउटा क्रान्तिमा हिँडेको छ । उसको योगदान ठुलो रहँदै आएको छ । 

त्यसको असर अरू दललाई पनि तत्काल पर्न सक्छ भन्नुभएको हो ? 

नेपाली कांग्रेस समाजवादको मुद्दा लिएर आएको हो । हामी नै भनौँ, हाम्रो समाजवाद चाहिँ ‘सुखी नेपाली समृद्ध नेपाल’ नेकपा (एमाले) बोकेको नारा हो । समृद्ध बनाउनका लागि त हामी सबै एक ढिक्का हुनुपर्ने हो तर एउटा एउटा गर्दै त्यसरी कुना लाग्दै गयो भने त्यो कहिले सम्भव होला । हामी एउटा क्रान्तिमा छौँ र गन्तव्यसम्म पुग्नका लागि सहज तरिकाबाट कसरी जान सकिन्छ भन्ने हो तर फुट्दै एउटा एउटा गर्दै टुव्रिmँदै कसरी सम्भव होला । यसको असर एमाले, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले भोगेको छ । त्यसकारण ठिक छैन । एक पार्टीको फुटको असर बिस्तारै सबै दलमा पुग्न सक्छ, फुट राम्रो होइन । 

जेनजी आन्दोलनपछि मुलुकको राजनीति नेतृत्वमा युवालाई बढी ल्याउनु पर्छ भन्ने एउटा बहस उत्पन्न भयो । राजनीतिक दलले युवाको आरक्षण पनि करिब करिब छुट्याउने नै भए । अब आउने निर्वाचनमा युवा, महिला, समावेशी चरित्रको नेतृत्व त आउने सम्भावना बढी देखिन्छ नि ? 

टिकट वितरण प्रणालीमा दलहरूले समावेशी र युवा नेतृत्वलाई पहिलो प्राथमिकतामा राखेका छन् । यसले युवालाई नेतृत्वमा पु-याउँछ । हामी अब दुवैतिरको सेतुको रूपमा भनौँ न मध्यमार्गीका रूपमा छौँ; दुवैको आवाज र भावना बुझ्छौँ । हाम्रो परिवारमा पनि जेनजी छन्, नयाँ पुस्ता छन् ।

युवाको आवेग देख्दा मुलुकमा अहिले रातारात उलटपुलट नै होस् भन्ने देखिन्छ तर हामीलाई थाहा छ हाम्रो मुलुकमा मिश्रित निर्वाचन प्रणाली छ । मिश्रित निर्वाचन प्रणालीमा कसैको स्पष्ट बहुमत आउने देखिएन । भोलि फेरि दलहरू मिलेर नै सरकार बनाउने हुन् । यो परिवर्तनको अनुभूति दिलाउनलाई अब उहाँहरूले उठाउनुभएको एउटा प्रत्यक्ष कार्यकारी प्रमुख प्रणालीमा जानु पर्छ भन्ने छ तर संविधान संशोधन गर्नलाई अबको परिस्थिति त्यति सहज छैन । भोलि आउँदा संसद्ले संविधान नै संशोधन ग-यो भने त्यो सम्भावना होला पनि ।  

पुस्तान्तरण भनेको केवल उमेर परिवर्तन होइन, विचार र कार्यशैलीको परिवर्तन पनि हो । नयाँ पुस्ता आउनु पर्छ तर उनीहरू नीति र सिद्धान्तमा पनि खारिनु पर्छ । सामाजिक सञ्जालमा गालीगलौज गर्ने र ‘बाइकट’ को संस्कृतिले मात्र परिवर्तन सम्भव छैन । हाम्रो पार्टीले यस पटक धेरै युवालाई समेट्ने प्रयास गरेको छ । 

मिश्रित निर्वाचन प्रणालीले गर्दा कुनै पनि दलको स्पष्ट बहुमत नआउने देखिन्छ । यसले गर्दा मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस भइरहेको छ तर त्यस्तो प्रणालीमा जाँदा कतै व्यक्ति अटोक््रयाट (तानाशाह) हुने त होइन ? भन्ने डर पनि रहन्छ । संविधान संशोधन गरेर जाने विषयमा सबै दलको सहमति आवश्यक हुन्छ । 

तपाईं पनि सङ्घीय सरकारमा दुई पटक मन्त्री हुनुभयो । जेनजीले राजनीतिक दलप्रति बढी आक्रोश व्यक्त गरे, आक्रमण गरे तर मुलुकको स्थायी सरकार कर्मचारी संयन्त्र छ । तपाईंले मन्त्रालय हाँकिरहँदा कर्मचारी संयन्त्रलाई हेर्ने तपाईंको नजर कस्तो रह्यो ? कर्मचारीबाटै बढी भ्रष्टाचार हुन्छ भनेर भनिन्छ । सुशासन कायम गर्नलाई कर्मचारी संयन्त्र पनि सच्चिनु पर्छ भनिन्छ, तपाईंलाई के लाग्छ 

त्यो कुरा ठिक हो । जस्तो म त एकदम थोरै कार्यकाल बसेँ । पहिलो पटक त सम्भवतः ३२ दिन मात्रै कार्यालय गएँ;  कामै भएन । मैले काम त्यति गर्न सकिनँ । कार्यकाल समाल्दा पहिलो दिन ज्येष्ठ नागरिकसम्बन्धी नियमावली संशोधनमा हस्ताक्षर गरियो । त्यसपछि केही नियमित कामकारबाही गरियो । यस्तै मन्त्रालयसम्बद्ध विषयमा केही सहमति सम्झौता गरियो । अपाङ्गता महासङ्घलगायतका केही संस्थासँग सम्झौता गरियो । एक/दुई वटा विधेयक जसो कि कुनै अर्थ मन्त्रालय त कुनै कानुन मन्त्रालयमा पठाइएको थियो । ती विधेयक मन्त्रालयबाट फिर्ता नआउँदै म सम्मलित सरकार नै गयो । 

अर्को कुरा कतिपय विषयमा मन्त्रालयका तत्कालीन सचिवलाई काम गरौँ, अगाडि बढाँै भनेर धेरै पटक भन्यौँ तर उहाँले म्याडम यो गर्नु हुँदैन, यसमा त हत्कडी पो लाग्छ जेल पो जान्छौँ, भन्नुहुन्थ्यो । त्यसो भए के गर्दा हत्कडी लाग्दैन त्यही विषयमा काम गरौँ न त भनेर सुझाव मागेँ, कुन एजेन्डामा कसरी जाने भन्नूस् भनेँ । उहाँले सुरुमा सहयोग गर्छु भन्नुभयो, तर पछि कुनै सहयोग नै गर्नुभएन । अनि त्यसपछि दोस्रो कार्यकालमा तीन महिना जति काम गर्न पाएँ । त्यतिखेरका मन्त्रालयका सचिवलगायतका कर्मचारीले मलाई सहयोग गर्नुभयो । सचिव, सहसचिव, उपसचिवहरूले सहयोग गर्नुभएपछि उल्लेखनीय केही काम भएका थिए । समाज कल्याण परिषद् तथा रेडक्रसका केही काम भए । 

त्यस्तै महिला मन्त्रालयलाई सातै वटा प्रदेशमा खडा गर्नु पर्छ भनेर मैले निर्णय गराएको थिएँ । समाज कल्याण परिषद्को पनि त्यस्तै गरेको थिएँ । सातै प्रदेशमा कार्यालय राख्ने । बागमती प्रदेशको हकमा काठमाडौँमै प्रधान कार्यालय भइहाल्यो, अन्य छ प्रदेशका लागि के कसरी गर्ने भनेर अध्ययन ग-यौँ । कति काम गर्ने व्रmममा हामी थियाँै तर सम्भव भएन । थप दुई/तीन महिना अझै पाएको भए प्रदेशमा कार्यालय स्थापना हुन्थ्यो । 

समाज कल्याण परिषद्को विषयमा व्यापक गुनासो छ । कर्मचारीले काम गर्दैनन्, सानोतिनो कामका लागि पनि घुमाउँछन् । धेरै समय लाग्छ । यस्ता विषय प्रदेशस्तरीय कार्यालय भएको भए अलिकति सहज हुन्थ्यो, गुनासो मेटिन्थ्यो । अर्को कुरा, सङ्घ संस्थालाई आबद्धता लिन काठमाडौँ आउनुपर्ने बाध्यता छ । पश्चिम दार्चुला वा पूर्वका कुनै स्थानमा दर्ता भएको कुनै एउटा क्लबलाई आबद्धता लिन काठमाडौँ आउनुपर्ने । अब सोच्नुस् काठमाडौँ आउँदा कति खर्च हुन्छ । त्यसकारण आफ्नै प्रदेशमा बनाइदिउँ भनेर त्यो निर्णय अझै पनि जिउँदै छ । त्यो निर्णय लागु गर्न सकियो भने कति सहज र सरल हुन्छ । 

अहिले समानुपातिक निर्वाचन प्रणाली छ । समानुपातिक व्यवस्थाको व्यापक दुरुपयोग भयो भनेर जेनजीले धेरै विरोध पनि गरे । जुन समुदायलक्षित समानुपातिक निर्वाचन प्रणाली ल्याइएको थियो त्यसमा अरूले अवसर लिए भन्ने आरोप छ । तपाईंको बुझाइ यसमा के छ ?

समानुपातिकमा चाहिँ विशेष गरेर महिला त्यसमा पनि पछाडि परेका जातजाति, सीमान्तकृत, लोपोन्मुख समुदायको प्रतिनिधित्व हुनुपर्ने हो । तथापि विज्ञताको विषय पनि छन् । उदाहरणका लागि कानुन वा संविधानका विज्ञ प्रत्यक्षबाट जितेका छैनन् । उहाँहरूलाई कसरी ल्याउने त ? किनकि संसद् भनेको विधायिका हो, विधेयक बनाउने कानुन बनाउने स्थानमा विज्ञता भएका व्यक्ति चाहिन्छ नै तर अमुक व्यक्ति वा कार्यकर्तालाई नै यहाँ राखिदिउँ भन्ने भइरहेको छ, त्यसो हुनुहुन्न ।  

अब अन्तिममा देशवासी खासगरी राजनीतिक दल, कार्यकर्ता र युवापुस्तालाई यो चुनावको मुखमा के सन्देश जानु पर्छ ?

हामी अहिले सङ्क्रमणकालीन अवस्थामा छौँ । यो अवस्थामा प्रतिनिधि सभाको चुनाव निष्पक्ष, भयरहित तवरले हुनु पर्छ । आमजनताले सुरक्षा अनुभूति गर्न पाउनु पर्छ । म आमजनसमुदायलाई भन्न चाहन्छु, तपाईंहरूले निर्धक्क भएर प्रतिनिधि चयन गर्नुस् । एउटा सही व्यक्ति, देशलाई काम लाग्ने, समाजलाई काम लाग्ने व्यक्ति चुन्नुस् । अहिले फेरि मौका आएको छ । जनता जनार्दन हुन् । मताधिकारको सदुपयोग गर्नुस् । नेतृत्व सही चुन्नुस् भन्ने आग्रह गर्न चाहन्छु । 

तस्बिर/भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

कमेन्ट गर्नुहोस्