धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । कांग्रेसको तर्फबाट कमलबहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य संख्या बहुमत हो । नागरिक उन्मुक्तिको रेशम पक्षका ५ जनाको पनि हस्ताक्षर आउने भनिएकोमा उनीहरुको संसदीय दलको बैठक बसिरहेकाले हस्ताक्षर हुन नपाएको कांग्रेस निकट स्रोतले बताएको छ।
कमेन्ट गर्नुहोस्