स्याङ्जा, साउन ७ गते । स्याङ्जा जिल्ला अदालतमा २०८०/८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
अदालतमा नयाँ दर्ता भएका ९५२ मुद्दामध्ये ४६५ सम्बन्ध विच्छेद र ८५ बैवाहिक सम्बन्ध विच्छेद गरी ५५० मुद्दा रहेका छन् । अदालतमा दर्ता भएका मुद्दामध्ये ५७ प्रतिशत सम्बन्ध विच्छेदकै रहेका छन् ।
अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले सम्बन्ध विच्छेदका मुद्दामा महिलावादी ४४२ र पुरुषवादी भएका १०८ वटा रहेको बताउनुभयो ।
पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ५४८ र बैवाहिक सम्बन्ध विच्छेद ९४ रहेकोमा अब १०२ मुद्दा फर्छयौट हुन बाँकी रहेको छ ।
सम्बन्ध विच्छेद वैदेशीक रोजगार र प्रविधिको नकारात्मक प्रभावले बढेको शर्माको भनाइ छ ।
सामाजिक सञ्जालको गतल प्रयोग, सामाजिक मानसिकता, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका छन् ।
अदालतमाा दर्ता भएका मुद्दामा ७१ वटा अंश मानाचामल, ३३ वटा लेनदेन, चेक अनार ३२ वटा, लिखत बदर ३१ वटा, चार घरेलु हिसां, जालसाजी ४५ वटा, जबरजस्ती करणी १६, बहुविवाह पाचँ वटा, किर्ते एक वटा, १० वटा सवारी ज्यान, लागूऔषध १४ वटा, चाोरी ३२ वटा मुद्दा दर्ता भएका हुन् ।
पुरानो जिम्मेवारी र नयाँसहित एक हजार ३५५ मुद्दा रहेकोमा एक हजार चार अर्थात् ७४ प्रतिशत मुद्दा फर्छयोट भएको शर्माले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्