हिउँले ढपक्क भरिएको स्कुलबाट घर फर्किदै नाम्चे बजार क्षेत्रका विद्यार्थी । हिउँकै कारण विद्यालय पुग्न नसक्दा चिसो मौसममा पठनपाठन प्रभावित हुने गरेको छ । सोलुखुम्बु जिल्ला नाम्चे बजारको श्री हिमालय आधारभूत विद्यालयबाट घर फर्किदै विद्यार्थी । यो विद्यालय तीन हजार ४४० मिटरको उचाइमा रहेको छ ।सागर बस्नेत
भक्तपुरको बोडेबाट देखिएको तरकारी खेतीको दृश्य । भक्तपुरको बोडेमा उपत्यकाका लागि धेरै तरकारी खेती हुँदै आएको छ । कविता थापा
आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल भएपछि भएको प्रदर्शनमा प्रहरीलाई ढुंगा प्रहार गर्दै एक प्रदर्शनकारी । एमसीसी संसदमा टेबल हुँदै गर्दा नयाँबानेश्वर र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको थियो । सुजन गुरुङ
राजधानीको नयाँ बानेश्वरमा थुप्रिएको फोहोर । ल्याण्डफिल्ड साइटका स्थानीयले विरोध गरेपछि लामो समयदेखि उपत्यकामा फोहोर उठ्न सकेको छैन । सुजन गुरुङ
कमेन्ट गर्नुहोस्