वासिङन डिसी : अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसले युक्रेनमाथि हमला गरे त्यसविरुद्द निर्णायक जवाफ दिने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँगको टेलिफोन वार्तामा राष्ट्रपति वाइडेले यस्तो चेतावनी दिएका हुन्।
राष्ट्रपति वाइडेनले रुसले युक्रेनमा आक्रमण गरे अमेरिकाले निर्णायक प्रतिक्रिया दिने र त्यो रुसकालागि महंगो पर्न सक्ने बताएका छन्।
राष्ट्रपति वाइडेनले युक्रेनमा आक्रमण सुरु गरे रुसले ठूलो मुल्य चुकाउनु पर्ने बताएका छन्। रुसले युक्रेन बोर्डरमा झण्डै एक लाख सेना तैनाथ गरेको छ। रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको प्रतिक्रिया दिँदै आएको छ।
कमेन्ट गर्नुहोस्