Saturday, April 18 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सन् २०२१ का २१ घटना

सन् २०२१ का २१ घटना

वासिङ्टन/लन्डन — अंग्रेजी वर्ष सन् २०२१ आज बिदा हुँदै छ । समग्रमा यो वर्षलाई पनि कोभिड महामारी, प्राकृतिक प्रकोप र राजनीतिक अनिश्चितताले गाँज्यो । हत्या र आक्रमणका सिलसिलाले पनि विगतमा जस्तै निरन्तरता पाए । विज्ञान र प्रविधिका क्षेत्रमा भएका उपलब्धि भने स्मरणयोग्य बने ।

१) वर्ल्ड ट्रेड अर्गनाइजेसन प्रमुखमा अफ्रिकी महिला

वर्ल्ड ट्रेड अर्गनाइजेसन(डूब्लूटीओ)को नेतृत्वमा यस वर्ष पहिलो पटक अफ्रिकी मूलकी महिला प्रमुख बनिन् । नाइजेरियाको पहिलो महिला अर्थमन्त्री समेत रहेकी नोग्जी ओन्जो इवेला डब्लूटीओको पहिलो अफ्रिकी महिला महानिर्देशक बन्दै इतिहास रचिन् । उनी नाइजेरियामा दुई पटक अर्थमन्त्री भएकी थिइन् । 

२) पहिलो पटक करोडौं मूल्यमा डिजिटल आर्टको बिक्री

यो वर्ष पहिलो पटक डिजिटलमा निर्माण गरिएको एक तस्बिर करोडौं मूल्यमा बिक्री भएको छ । माइक विंकलम्यानको ‘एभ्रिडेज: द फस्र्ट ५००० डेज’ बेलायत क्रिस्टिज कम्पनीमा ६ करोड ९३ लाख डलरमा लिलामी गरिएको थियो । ५ हजार तस्बिरहरुको कोलाज रहेको यो आर्टको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत भएको थियो ।

३) मानिसलाई आक्रमण गर्ने स्वचालित ड्रोन

आर्टिफिसियल इन्टिलिजेन्स(एआई)ले पहिले पटक द्वन्द्व ग्रस्त क्षेत्रमा गएर ड्रोन हमला भएको वर्षको रुपमा यो वर्ष चिनिएको छ । संयुक्त राष्ट्र संघले मान्यता दिएको त्यहाँका अन्तरिम सरकार र विद्रोही नेता खलिफा हफ्तारका सेनाबीच भइरहेको द्वन्द्वग्रस्त क्षेत्रमा टर्कीको सैन्य ठेकेदावरद्वारा निर्मित कोर्गु–२ ड्रोन त्यहाँ उपस्थित थियो । मानिसले दिने कमान्डका कारण लडाइमा ड्रोनहरु प्रयोग हुने गरेपनि एआई आपैंm द्वन्द्वग्रस्त क्षेत्रमा पुगेको यो घटना पहिलो भएको राष्ट्र संघले जनाएको छ । 

४) रिजिक्स संग्राहलयमा स्थायी रुपमा राखिएको महिलाहरुले बनाएको पेन्टिङ

नेदरल्यान्डसको राजधानी सहर एमस्टर्डमा रहेको राष्ट्रिय संग्राहलय (रिजिक्स संग्राहलय)ले स्थायी रुपमा महिलाले बनाएका तीनवटा पेन्टिङ राखिएको छ । संग्रहालयको सबैभन्दा महँगो प्रदर्शनीस्थलमा १७औं शताब्दीमा महिला चित्रकारहरु जुडिथ लेइस्टर, गेसिना टेर बोर्च र राचेल रुवेसले बनाएका पेन्टिङ स्थायी रुपमा राखिएको हो । 

५) तारबिना मानिसको दिमाग र कम्प्युटरबीच जोडियो

मानिसको दिमागमा पहिलो पटक ट्रान्सिमिटर डिभाइजको प्रयोग गरेर कम्प्युटरसँग जोडियो । यसअघि अनुसन्धान गर्दा सेन्सरसँग तार जोडेर कम्प्युटरमा जोडिने गरेपछि ट्रान्समिटरको प्रयोग गरेर कम्प्युटरसँग कनेक्सना गराइयो । ब्रोन विश्वविद्यालयका वैज्ञानिकहरुले मेरुदण्डको नशामा भएको चोटपटकको अध्ययन गर्ने क्रममा पहिलो पटक एक प्यारालाइस भएका व्यक्तिको यो प्रयोग गरे । उनीहरुले प्रयोग गर्दा ती पारालाइसिस भएका व्यक्तिले दिमागमा सोचेको भरमा रोबोटिक लिम्ब्सहरु चलेको थियो । यो अनुसन्धानकै क्रममा भएकाले पूर्णता नपाएको वैज्ञानिकहरुले जनाएका छन् । 

६) नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा बनायो अक्सिजन

मंगल ग्रहमा रहको नासाको पर्सिभरेन्स रोभरले यो वर्ष त्यही अक्सिन उत्पादन गरेको छ । मंगल ग्रहको वायुमण्डलबाट पर्सिभरेन्सले मोक्सी उपकरणका मद्दतमा अक्सिन उत्पादन गरेको हो । मार्स अक्सिजन इनसिटू रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट (एमओएक्सआईई) प्रविधिले मंगल ग्रहमा रहेको कार्बन डाआइक्साइडबाट अक्सिजन उत्पादन गर्छ । यो अनुसन्धानकै क्रममा भएकाले भविष्यमा मंगल ग्रहमा हुने ह्युमन मिसनमा यसले सहयोग पुग्ने बताइएको छ । 

७) प्रयोगशालामा निर्मित हिराको व्यावसायिकरण

डेनमार्कको चर्चित ज्वेलरी कम्पनी पन्डोराले यो वर्ष खानीबाट उत्पादिन हिरा प्रयोग नगर्ने भन्दै कृत्रिम रुपमा उत्पादन सुरु गरेको छ । पान्डोरोले कृत्रिम रुपमा निर्माण गरेका ज्वेलरीहरु ब्रिटेनमा समेत बिक्री गरिएको थियो । सन् २०२२बाट यसले राम्रो व्यापार गर्ने बताइएको छ । 

८) मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसदमा निर्वाचित

यो वर्ष मेक्सिकोमा पहिलो पटक तेस्रोलिंगी सांसद पदमा विजयी भएका छन् । मारिया क्लिमेन्ट गारसिया र साल्मा लिभाना मेक्सिकोको इतिहासमा सांसदमा निर्वाचित पहिलो तेस्रोलिंगीको रुपमा इतिहास रचे । त्यहाँको लोअर हाउसबाट सांसद निर्वाचित भएका हुन् । उनीहरु दुवै सत्तारुढ दलका सांसद पनि हुन् । 

९) तिब्बतमा पहिलो पटक बुलेट रेल

चीनको स्वशासित क्षेत्रमा तिब्बतमा पहिलो पटक विद्युतबाट चल्ने बुलेट रेल यो वर्षको जुनदेखि सञ्चालनमा आयो । ५ अर्ब ६० करोड डलरको यो परियोजना अन्तर्गत तिब्बतको राजधानी ल्हासादेखि न्याङ्चीसम्मको रेलमार्ग जोड्छ ।

२५० माइल लामो यो रेलमार्गमा ४७ टनेल र १२१ वटा पुलहरु छन् । समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा रहेका यी रेलवे लाइनहरु चल्ने रेलहरुमा स्वचालित सिस्टम अन्तर्गत अक्सिजनको मात्रा कायम गरिएको छ । 

१०) नेशनल जिओग्राफीले पहिलो पटक नयाँ महासागर पत्ता लगायो

विश्व महासगर दिवसको अवसर पारेर यो वर्ष नेशनल जिओग्राफिक सोसाइटीले दक्षिण अन्र्टाकटिकलाई छिटो छिटो फेरो लगाउने छालहरु रहेको पत्ता लगायो । सन् १९१५ देखि संसारमा नक्सा प्रकाशन गर्दै आएको यो संस्थाको उक्त कुरालाई वैज्ञानिकहरुले महासगरको रुपमा मान्यता दिए । 

११) अन्तरिक्षमा पुग्ने पहिलो गैर अन्तरिक्षयात्री

अन्तरिक्षमा यसअघि वैज्ञानिक तथा अन्तरिक्षयात्रीहरु मात्रै जाने गर्थे । तर अब त्यो रहेन । यस वर्ष अर्बपति रिचार्ड ब्रान्सन आफ्नै कम्पनीद्वारा निर्मित यानबाट अन्तरिक्षको यात्रा गरे । उनको कम्पनी भजिर्न गालाक्टिकले निर्माण गरेको रकेटमार्फत उनी जुलाईमा अन्तरिक्ष पुगेका थिए । उनी अन्तरिक्ष पुगेको ९ दिनपछि एमाजोन तथा ब्लू ओरिजिनका मालिक जेफ बेजोस आफ्नै कम्पनीले निर्माण गरेको न्यू सेपहर्ड जहाजबाट अन्तरिक्षमा पुगे । 

१२) ब्ल्याक होल पछाडिबाट आएको प्रकाश

ब्ल्याक होलबाट प्रकाश पनि भाग्न सक्दैन । या भनौं कुनै चिज ब्ल्याक होलमा आए त्यो विलिन हुन्छ । यो वर्ष खगोलशास्त्रीहरु पहिलो पटक ब्ल्याक होलको पछाडिबाट प्रकाशहरु बंगिएर आएका थिए । यी प्रकाश पृथ्वीभन्दा ८ सय मिलियन प्रकाश वर्ष टाढा थिए । यसको विस्तृत अध्ययन सम्बन्धीको कुरा नेचर जर्नलमा प्रकासित छ । यो घटनाले पुन अल्बर्ट आइन्सिटाइनको सापेक्षताको सिद्धान्तलाई प्रमाणित गरिदिएको छ । 

१३) संसारको पहिलो थ्री–डी प्रिन्टबाट बनाइएको विद्यालय सञ्चालन

यो वर्ष संसारमा पहिलो पटक थ्री–डी प्रिन्टबाट निर्माण गरिएको विद्यालय सञ्चालनमा आएको छ । यो वर्षो जुलाइमा यो विद्यालय सञ्चालनमा आएको हो । अफ्रिकाको मलावाईमा स्थापना भएको यो विद्यालय १४ वटा रुखबाट निर्माण गरिएको हो । बेलायतको एक विकास संस्था र स्वीस कम्पनीको साझेदारीमा यो विद्यालय स्थापना गरिएको हो । 

१४) ग्रिनल्यान्डको उच्च स्थानमा वर्षा 

वैज्ञानिकहरुले जलवायु परिर्तनको असरले पार्ने प्रभावबारे चेतावनी दिँदै आएका छन् । ग्रिनल्याान्डको ओरहण क्षेत्र नजिकै क्षेत्र समुद्री सतहदेखि करिब २ माइलमा वर्षा भयो ।

सन् १९८० देखि निगरानी गर्न थालिएयता पहिलो पटक ग्रिन ल्यान्ड क्षेत्रमा वर्षा भएको घटना रकेर्ड भएको हो । यो वर्षको अगस्टमा तापक्रम फ्रिज हुने लेभलभन्दा बढेपछि धेरै घण्टासम्म पानी परेको अमेरिकाको नेशनल स्नो एन्ड आइस डाटा सेन्टरले जनाएको छ । 

१५) एल साल्भोडर बिटक्वाइनलाई राष्ट्रिय मुद्रा बनाउने बन्यो पहिलो मुलुक

यो वर्षको सेप्टेम्बमार एल साल्भोडरले बिट क्वाइनलाई मान्यता दियो । विभिन्न आशंकका बाबजुत यो कानुन पास भएको थियो । अर्थ विज्ञहरुले बिट क्वाइनलाई मान्यता दिदा देशको अर्थ व्यवस्था असन्तुल हुन सक्ने चेतावनी दिएका छन् । 

१६) डाफर डान बने पहिलो पटक सीएफडीएको लाइफटाइम एचिम्भमेन्ट अवार्ड पाउने अस्वेत डिजाइनर

अमेरिकाको फेसन डिजाइनर काउन्सिलले सेप्टेम्बरमा अमेरिकी अस्वेत डिजाइनर डेनियल डे (डाफर डान)लाई सन् २०२१को लाइफ टाइम एचिम्भमेन्ट अवार्ड प्रदान गर्‍यो । हिप हपको क्षेत्रमा लक्जरी फेसन भित्र्याउने श्रेय उनलाई दिने गरिन्छ । उनले आफ्ना पसल हार्लेम मार्फत हिपहपमा महँगो फेसन भित्र्याएका थिए । फेसनमा ‘सोलो रनवे सो’ नगरी अवार्ड पाउने व्यक्ति पनि उनी परेका छन् । 

१७) चक्रवातभित्रको पहिलो ड्रोन फुटेज

सेप्टेम्बरमा आएको ‘चक्रवात साम’ आँधीभित्रको पहिलो ड्रोन फुटेज रर्केड भयो । क्याटागोरी–४को यो आँधि १२० माइल प्रतिघण्टाको रफ्तारमा अघि बढेको थियो । महासगरहरुमा ड्रोनमार्फत अनुसन्धान गर्ने सेलड्रोनका अनुसन्धानकर्ताले ड्रोनको यो फुटेजको मद्दतबाट आँधीहरु कसरी विकासित हुदै जाने भन्ने जानकारी हासिल हुने छ । 

१८) स्पेस–एक्सको अन्तरिक्ष पर्यटन

अमेरिकी कम्पनी स्पेस एक्सले पहिला पटक अन्तरिक्ष पर्यटनका लागि मानिसहरुलाई अन्तरिक्षमा लग्यो ।इन्सिपिरेसन–४ मिसन नाम दिइएको यो मिसनमा ४ जना गैर अन्तरिक्षयात्रीहरुले ३ दिन पृथ्वीको कक्षमा ड्रागन क्याप्सुलमा सयर गरेका थिए ।

१९) अमेरिकाबाट पहिलो पटक फ्रान्सेली राजदूत फिर्ता बोलाइयो

अमेरिका र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध १७७८देखि रहिआएको छ । यी दुई साझेदार मुलुक हुन् । कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक फ्रान्स अमेरिकासँग यो वर्ष रुष्ट हुँदै आफ्नो राजदूत फिर्ता बोलायो । बेलायत,अमेरिका र अस्ट्रेलियाबीच भएको ‘ओकास’ सम्झौताभएपछि रुष्ट बनेको फ्रान्सले आफ्नो राजदूत फिलिप एटियनलाई अमेरिकाबाट फिर्ता बोलाएको थियो । यो सम्झौता अनुसार अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने उल्लेख छ । उक्त सम्झौतापछि अस्ट्रोलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलिलियन डलरबरबाबरको रक्षा सम्झौता रद्द गरेको थियो ।

२०) डिजेलबाट चल्ने सवारी भन्दा विद्युतीय सवारीको बिक्री

वर्षको सेप्टेम्बरमा युरोपमा डिजेलबाट चल्ने सवारीको संख्या भन्दा बढी विद्युतबाट चल्ने सवारी साधानको बिक्री पहिलो पटक नाघेको युरोपियन इलेक्ट्रिक कार रिर्पोटले जनाएको छ । विश्लेषकहरुले यसलाई मानिसहरु शून्य कार्बन उत्सर्जनतिर लाग्ने थालेको रुपमा अथ्र्याएका छन् । 

२१) पहिलो पटक फिलिपिनो नागरिकलाई नोबल शान्ति पुरस्कार

फिलिपिनो पत्रकार मारिया रेसा नोबल शान्ति पुरस्कार पाउने पहिलो फिलिपिनो नागरिक बनिन् । फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई २०१८मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो ।

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासमा उनलाई नोबल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो । उनीसँगै रुसी पत्रकार डिमिट्री मुराटोभलाई संयुक्त रुपमा पुरस्कार दिइएको थियो ।

कमेन्ट गर्नुहोस्