काठमाडौं, पुस १४ गते । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौँ महाधिवेशनको तेस्रोत दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो धारणा राखेर सकिएको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा बुधबार ११ वटा समूहका संयोजकले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउनुभएपछि सकिएको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार विहान ११ बजेदेखि पुनः बाँकी समूहले समूहगत छलफलको निष्कर्ष सुनाउनुहुने छ ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ समूह बनाइएको छ ।
कमेन्ट गर्नुहोस्