काठमाडौं : कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापती शेरबहादुर देउवाले मतदान गरेका छन्। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुन: मतदान भएको हो।
निर्वाचन साँझ ७:३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए।
खसेको मतमध्ये ७६ मत वदर भएको थियो। दोस्रो चरणको मतदानमा देउवालाई सिंह,निधि र गुरुङले समर्थन गर्ने बताएका छन्।
कमेन्ट गर्नुहोस्