काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामान्त्रीको उम्मेदवारी घोषणँ गरेका गगन थापाले कांग्रेस दोहोनकारी एजेन्सी नभएको बताएका छन्।
‘कांग्रेस राज्यमा गएर राज्यको शक्ति र स्रोत साधनको दोहोन गर्ने दोहोनकारी एजेन्सी होइन। कुनै लाभको पद लिएर राजकीय जिम्मेवारी लिएर शक्तिको अभ्यास गर्ने कुरा होइन। पार्टी एउटा मिसनसँग बाँधिएको छ,’ आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै उनले भने।
उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए। ‘विभेद्, हिंसाका संरचना बढ्दै गयो भने सम्मुनति हुन्छ। सडक चौडा गरेर समृद्धि हुँदैन। कुनै पनि राजनीतिक संकल्प पूरा गर्न राजनीतिक रुपरेखा चाहिन्छ,’ उनले भने। उनले महाधिवेशनपछि कांग्रेससँग प्रश्न भएर उत्तर हुने बताए। कांग्रेसले सबै समस्या समाधान गर्ने उनले प्रतिबद्धता जाहेर गरे।
कमेन्ट गर्नुहोस्