काठमाडौं, मङ्सिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन चयन हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डप भएको पहिलो एकता महाधिवेशनबाट अत्याधिकमतले राप्रपा अध्यक्षमा निर्वाचित हुनु भएकाे राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी कमल थापाले अध्यक्षमा विजयी हुनु भएकाेमा लिङ्देनलाइ बधाइ दिनु भएकाे छ ।
राप्रपा अध्यक्षमा लिङ्देन १८ सय १७ मतसहित विजयी
काठमाडौं, मंसिर १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । राप्रपा निर्वाचन समितिका अनुसार लिङ्देनले १८ सय १७ मत प्राप्त गर्नुभएको हो । राप्रपा अध्यक्षका अर्का उम्मेदवार कमल थापाले भने १६ सय १७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो।
यसैगरी, राप्रपाको एकमहिला सहित तीन उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुव प्रधान, विक्रम पाण्डे र रोशन कार्की विजयी हुनुभएको छ । राप्रपा उपाध्यक्षमा नौ जना प्रतिद्वन्द्वीबीचमा प्रतिस्पर्धा भएको थियो ।
राप्रपा महामन्त्रीमा कुन्ती शाही, भुवन पाठक र धवल शमशेर राणा विजयी हुनुभएको छ । महामन्त्रीका लागि छ उम्मेदवारबीचमा प्रतिस्पर्धा भएको थियो ।
कमेन्ट गर्नुहोस्