काठमाडौं : पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। शनिबार स्थानीयले श्रमदान गरेर मन्दिरको छानो झिंगटीले छाएका छन्।
श्रमदान गर्न इच्छुक व्यक्ति पुगेर श्रमदान गरेका हुन्। सो क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समेत पुगेकी थिइन्। बिहान ९ बजेबाट श्रमदान गर्न युवादेखि वृद्ध/वृद्धा पुगेका थिए।
भारतले पुनर्निर्माण गर्ने भनेको भीमसेन मन्दिर भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि स्थानीयबासीको सक्रियतामा पुनर्निर्माण अघि बढेको हो। भूकम्प
कमेन्ट गर्नुहोस्