काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी भीम रावललाई पराजित गरेका हुन्। ओलीको यो दोस्रो कार्यकाल हो। यसअघि नवौं महाधिवेशनमा ओलीले माधव कुमार नेपाललाई पराजित गरेका थिए।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्बीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल सर्वसहमतिले निर्वाचित भएका थिए।
त्यस्तै आज बिहान भएको चुनावमा उपाध्यक्षमा अष्टलक्ष्कीम शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा बादल निर्वाचित भएका थिए। उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका थिए।
त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्। सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंकप्रसाद कार्की पराजित भएका थिए।
कमेन्ट गर्नुहोस्