काठमाडौं : नेपाल थप २५५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६४६९ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पसीआर परीक्षणबाट २४५ र एन्टिजेन परीक्षणबाट १० जना संक्रमित देखिएका थिए। त्यस्तै पछिल्लो २४ घन्टामा २५६ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै थप २ जना संक्रमितको मृत्यु भएको छ।
हालः सक्रिय संक्रमितको संख्या ६९३१ रहेको मन्त्रालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्