चितवन : नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुन सकेको छैन। पदाधिकारी चयनमा सहमति नबन्दा बन्द सत्र सुरु हुन नसकेको हो।
अहिले अध्यक्ष शर्मा केपी ओलीले सहमतिका लागि नेताहरूसँग छलफल गरिरहेका छन्।
अध्यक्षको उमेदवारी फिर्ता गराउन भिम रावललाई ओलीनिकट नेताहरूले अन्तिम कसरत गरिरहेका छन्। यद्यपि उनले अध्यक्षमा प्रचार सुरु गरिरहेका छन्। उनले कुनै पनि हालतमा उमेदवारी फिर्ता नलिने र अध्यक्षमा केपी ओलीसँग भिडेरै जाने बताएका छन्।
पदाधिकारी छनोट गर्ने जिम्मा ओलीलाई दिएपछि रावलले असन्तुष्टि जनाउँदै आएका छन्।
कमेन्ट गर्नुहोस्