काठमाडौं : सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड -१९) विरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ। स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन थालेको अन्नपूर्णलाई जानकारी दिए। उनका अनुसार खोप तीन दिन आज, भोलि र पर्सीसम्म लगाइनेछ
शनिबारसम्म १२ वर्षदेखि दिर्घ रोगीलाई उक्त खोप दिइएको थियो।
यसअघि कात्तिक २८ गते आइतबारदेखि अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत प्राप्त भएको एक लाख मात्रा फाइजर खोप लगाउने अभियान सुरु गरेको थियो। सो खोप देशभरका २४ अस्पतालबाट दिइएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार लामो समयदेखि मुटुको बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी खोपको प्राथमिकतामा राखेको छ।
देशभरका विभिन्न अस्पतालबाट खोप दिने व्यवस्था मिलाइएको छ।
कमेन्ट गर्नुहोस्