मङ्सिर २ गते । दाङको घोराइबाट रोल्पाको थवाङ जाँदै गरेको यात्रुबहाक बस दुर्घनामा हुँदा चार जनाको मृत्यु भएको छ भने १७ थना घाइते भएका छन् ।
ना ३ ख ५५१८ नम्बरको सो यात्रुबहाक बस विहीबार साँझ छ बजेतिर रोल्पाको माडी गाउँपालिका २ को जलजलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।
मृतक तीन जना पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये एकको अबस्था गम्भीर रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्