काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्नामा बसेको छ । प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टाचार बढाएको भन्दै बार करिब ३ हप्तादेखि आन्दोलित छ। यसअघि सोमबार पनि बारले सर्वोच्च परिसरमा धर्ना दिएको थियो।
उनीहरुले प्रधानन्यायाधीश जबरालाई तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गर्दै आएको छ। तर सोमबार प्रधानन्यायाधीश जबराले आन्दोलन छोडेर वार्तामा आउन वकिलहरुलाई आग्रह गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै सबै कानुन व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आह्वन गरेका हुन्। तर ,नेपाल बारले भने वार्तामा नजाने र जबराले तत्काल राजीनमा दिनुपर्ने बताएको छ।
राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बारले बताउँदै आएको छ।
कमेन्ट गर्नुहोस्