Tuesday, April 21 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

तीनै अंग अस्तव्यस्त

तीनै अंग अस्तव्यस्त

काठमाडौं : राज्यका तीनै अंग यति बेला खलबलिएका छन्। न्यायपालिकाको नेतृत्व चरम विवादमा छ। प्रधानन्यायाधीशविरुद्धको आन्दोलनले सर्वोच्च अदालतमा न्यायसम्पादन ठप्पप्रायः छ। सरकारले अवरोध नै नफुकाई दुवै सदनका अधिवेशन अन्त्य गरेपछि संघीय संसद् गतिहीन छ। प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति प्रश्न उठेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना भइरहेको छ। 

तापनि, सरकार र सत्तापक्षले ‘जिम्मेवारीबोध’ गरेको देखिँदैन। सय दिनको ‘हनिमुन पिरियड’ पूरा गरेको सरकारले जनताले अनुभूति गर्ने गरी कुनै काम गरेको छैन। उल्टै व्यवस्थापिका र न्यायपालिकाको अल्झनमा ‘रमिते’ बनेको छ। यस्तो अवस्थामा पनि सरकारले पहलकदमी नलिएको भन्दै सत्तासीन कांग्रेसकै नेताले प्रधानमन्त्री देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्। 

‘देशको वर्तमान अवस्थाभन्दा जलवायु सम्मेलन हाम्रा लागि ठूलो होइन’, कांग्रेस नेता अर्जुननरसिंह केसी भन्छन्, ‘उहाँ (प्रधानमन्त्री)ले विदेशमै बसेर पनि न्यायालयको निकासबारे निर्देशन दिन सक्नुहुन्थ्यो। संसद्को अवरोध फुकाउन पहल गर्नुपथ्र्यो।’ 

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल यस्तो अस्तव्यस्तताबाट दलहरूले पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको बताउँछन्। ‘सरकार र राजनीतिक दलले पाठ सिक्दै अघि बढ्नुपर्छ,’ पोखरेल भन्छन्, ‘जनताका आशा र अपेक्षामा तुषारापात हुने काम गर्नुहुन्न।’

विपक्षी एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ सरकारले तीनै अंगलाई पंगु बनाएको आरोप लगाउँछन्। ‘सरकारले गर्नुपर्ने भन्दा नगर्नुपर्ने काम गरिरहेको छ,’ नेता नेम्बाङ भन्छन्, ‘देशलाई कसले पंगु बनाएको छ भनेर जनताले बुझेका छन्।’ 

सरकारले गर्नुपर्नेभन्दा नगर्नुपर्ने काम गरिरहेको छ । देशलाई कसले पंगु बनाएको छ भनेर जनताले बुझेका छन् ।
– सुवास नेम्बाङ, उपनेता, एमाले संसदीय दल

सबै पार्टी मिलेर तीनै अंगलाई प्रभावकारी बनाउन सकिने भए पनि विपक्षी एमालेले अड्को थापिरहेको छ ।
– डा. प्रकाशशरण महत, सहमहामन्त्री, कांग्रेस 

दलहरू यस्तो अस्तव्यस्तताबाट पाठ सिकेर अघि बढ्नुको विकल्प छैन । जनताका आशा र अपेक्षामा तुषारापात हुने काम गर्नुहुन्न ।
– कृष्ण पोखरेल, विश्लेषक

सत्तासीन जसपा नेता राजकिशोर यादव तीनै अंग शक्ति पृथकीकरण र शक्ति सन्तुलनका आधारमा सञ्चालन हुन नसक्दा समस्या भएको बताउँछन्। ‘शक्ति पृथकीकरण र शक्ति सन्तुलनका आधारमा राज्यका तीनवटै अंग चल्नुपर्ने हो’, नेता यादव भन्छन्, ‘तर यहाँ त उनीहरूबीच साठगाँठ हुँदा यस्तो स्थिति भोग्नुपरिरहेको छ।’ 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत सबै पार्टी मिलेर तीनै अंगलाई प्रभावकारी बनाउन सकिने भए पनि विपक्षी एमालेले अड्को थापिरहेको आरोप लगाउँछन्। प्राध्यापक पोखरेल भने झन्डै दुईतिहाइको सरकारलाई टिकाउन नसक्दा तथा पार्टी र सरकारबीचको सम्बन्धको व्यवस्थापन गर्न नसक्दा मुलुक अस्तव्यस्त बन्न पुगेको बताउँछन्। 

अस्तव्यस्त कार्यपालिका 
एमालेले प्रधानमन्त्री नियुक्ति प्रक्रियामा नै लगातार प्रश्न गरिरहेको छ। सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री बनेका देउवाका अधिकांश निर्णय विवादमा छन्। भ्रष्टाचार आरोपमा ‘भूमिगत’ बनेका कांग्रेस उपसभापति विजय गच्छदार देउवा प्रधानमन्त्री नियुक्त भएकै भोलिपल्ट विशेष अदालतमा उपस्थित भए र धरौटीमा छुटे। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘भाग’मा गजेन्द्र हमाललाई मन्त्री बनाएपछि सरकारको आलोचना बढ्यो। जनदबाब बढेपछि हमालले दुई दिनमै मन्त्री पदबाट राजीनामा दिए। त्यसयता सरकारले १२ देशबाट आफ्ना राजदूत फिर्ता बोलायो। कोभिडले थिलथिलो बनेको अर्थतन्त्रलाई माथि उकास्न विदेशी मुलुकसँग कूटनीतिक संवाद र पहल गर्नुपर्ने बेला राजदूत फिर्ता बोलाइए। 

एमाले संसदीय दलका उपनेता नेम्बाङ भन्छन्, ‘दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो। बजेट ठप्प बनायो। लगानी गर्दा आयस्रोत देखाउन नपर्नेजस्ता राष्ट्रघातीका काम गर्न सरकार लालयित छ। सरकारले काम त के सिन्को पनि भाँच्न सकेको छैन।’ 

समयमै बजेट पारित गर्न नसक्दा मुलुक चार दिन बजेटविहीन अवस्थामा पुगेको थियो। दल फुटाउन सहज हुने गरी सरकारले राजनीतिक दल ऐनमा संशोधन अध्यादेश जारी गर्‍यो। एमाले र जसपा फुटेपछि उक्त अध्यादेश फिर्ता लियो। 

बेमौसमी वर्षाले हालै ठूलो धनजनको क्षति भयो। पाकेको धान खेतमै सोत्तर भएपछि किसान निराश छन्। तर, सरकारले राहतको ठोस प्याकेज सार्वजनिक गरेको छैन। 

‘घिटीघिटी’ व्यवस्थापिका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेयता संसद ‘प्रभावहीन’ छ। ओलीले दोस्रो पटक जेठ ७ मा गरेको विघटनलाई पनि सर्वोच्चले उल्ट्याइदिएपछि संसद् कानुन र विधि निर्माणभन्दा राजनीतिक मुद्दामा अल्झ्यो। सरकार परिवर्तन, दलीय टुटफुट र राजनीतिक ध्रुवीकरणका कारण संसद्ले गति लिन सकेको छैन। 

विपक्षी एमालेको अवरोधबीच संसद् अधिवेशन अन्त्य भयो। संसद्का ‘साझा नेता’ सभामुख अग्नि सापकोटाको भूमिकाप्रति विपक्षी एमालेले उठाएको प्रश्नको निरुपण भएको छैन। सरकारले सदनको अवरोध फुकाउन एमाले र अरू दलसँग सहमतिको प्रयाससमेत गरेन। 

अधिवेशन चालू रहेका बेला पनि सरकारले वर्षौंदेखि विचाराधीन विधेयक पारित गर्न पहल गरेन। संसद्मा विधेयकको थुप्रो छ। संविधान र संघीयता कार्यान्वयनसम्बन्धी विधेयक नै अड्केका कारण राज्य संयन्त्र सञ्चालनमा समस्या देखिएका छन्। निजामती सेवा र रेल्वेसम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ। संसद्को अन्तिम चरणमा पुगेका विधेयक फिर्ता लिएर सरकारले अध्यादेशको सहारा लिन खोज्दै छ। 

राजनीतिक ध्रुवीकरणसंगै संसदीय समितिमा ‘कोरम’ पुग्न छाडेको छ। समितिहरू कामकाजी बन्न छोडेका छन्। सभापति शशि श्रेष्ठसहित अधिकांश सदस्य मन्त्री बनेपछि राज्य व्यवस्था समिति ‘गतिहीन’ छ। संसद् चालू छँदै समितिको पुनर्गठनतर्फ सरकारले ध्यान दिएन। नयाँ सभापति चयन गर्ने पहल भएको छैन। संसद्लाई कसरी अघि बढाउने भन्नेमा सरकार नै अलमलमा देखिन्छ। 

‘संसद् किन ठप्प पार्नु ? कांग्रेस सहमहामन्त्री डा. महत भन्छन्, ‘सांसदहरूको जिम्मेवारी होइन ? यसको दोषी प्रतिपक्षी पार्टी हो।’ सत्तासीन नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा एमाले नेतृत्वको अहंकारका कारण संसद ठप्प भएको आरोप लगाउँछन्। 

एमाले संसदीय दलका उपनेता नेम्बाङ सरकारले संसद्लाई काम दिन नसकेको बताउँछन्। भन्छन्, ‘सरकारले बिजनेस दिन त के कतिपय महत्वपूर्ण विधेयक नै फिर्ता लगेको छ।’ तर, राजनीतिशास्त्रका प्राध्यापक पोखरेल ‘आफूले गरेको संसद् विघटनको सिफारिस ठीक थियो भनेर’ प्रमाणित गर्न एमाले अध्यक्ष ओली सक्रिय बनेको आरोप लगाउँछन्। 

अस्वस्थ न्यायपालिका
न्यायपालिकाको सबैभन्दा माथिल्लो तहमा रहेको सर्वोच्च अदालतमा मुद्दाको चाङ छ। संवैधानिक एवं व्यक्तिगत विवादका मुद्दाको फाइलमा धुलो जमेको छ। सर्वोच्च परिसरमा सेवाग्राहीभन्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ। नागरिकको विवाद निरुपण गर्ने अदालत आफैं विवादमा रुमल्लिएको छ। वर्षौंदेखि थाति रहेका मुद्दाको सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा छन्। 

सहकर्मी न्यायाधीशले नै प्रधानन्यायाधीश जबरा न्यायिक स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यमा संलग्न भएको आरोप लगाएका छन्। जबराले संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबन्डा मागेको, गम्भीर संवैधानिक मुद्दामा सुनुवाइ नगरेको र न्यायिक सुशासन कायम गर्न नसकेको आरोप लागेको छ। तर, उनी सबै आरोप अस्वीकार गर्दै राजीनामा नगर्ने अडानमा छन्। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी न्यायालयमा देखिएको ‘अभूतपूर्व’ संकटप्रति सरकार बेखबरझैं देखिएको बताउँछन्। भन्छन्, ‘मुलुकभित्रको यस्तो गम्भीर संकटमा प्रधानमन्त्री शेरबहादुर देउवा संसद् अन्त्य गरी जलवायु परिवर्तन सम्मेलन (कोप २६)मा भाग लिन बेलायत जानु हुँदैनथ्यो।’ 

प्रधानन्यायाधीश चौतर्फी रूपमा प्रश्नको कठघरामा तानिएका छन्। सहकर्मी न्यायाधीशसहित पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, नेपाल बार एसोसिएसन, नागरिक समाजबाट पनि उनको राजीनामाको माग भइरहेको छ। 

न्यायपालिकाका गतिविधि नियालिरहेका पूर्वसभामुख दमननाथ ढुंगाना सर्वोच्च अदालत अस्वस्थ भएको बताउँछन्। भन्छन्, ‘प्रधानन्यायाधीशविरुद्ध सम्पूर्ण न्यायाधीशहरू एकैठाउँमा उभिनु र बन्दीप्रत्यक्षिकरण बाहेकका मुद्दा नहेर्नु न्यायालयमा असाधारण परिस्थितिको संकेत हो।’

राज्यका दुई अंग कार्यपालिका र व्यवस्थापिका बिरामी रहेको, न्यायपालिकामा विकारहरू देखिएको उनी बताउँछन्। ‘अहिलेको परिस्थिति निर्माण कसले गरेको हो ? यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ’, उनी भन्छन्, ‘अहिले कार्यपालिका र व्यवस्थापिकाको अस्वस्थताकोे प्र्रभाव न्यायपालिकामा पनि परेको छ।’

प्रधानन्यायाधीशलाई एक्ल्याउँदै अन्य न्यायाधीश एकजुट भएपछि सर्वोच्चमा न्यायसम्पादन प्रभावित छ। असन्तुष्ट न्यायाधीश इजलासमा सहभागी नहुँदा  सात दिनदेखि बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ भएको थिएन। प्रधानन्यायाधीशले सोमबार १० न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलास तोके।  उनीहरूले  गत आइतबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आएका छन्। प्रधानन्यायाधीश जबराले संविधान र विधि, प्रक्रियाअनुसार नै आफू बाहिरिने बताउँदै आएका छन्। 

न्यायालयको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्दा पनि दलहरू मौन बसेका सत्तासीन कांग्रेसकै नेताहरू असन्तुष्ट छन्। ‘दलहरू किन बोल्न नसक्ने ?’ कांग्रेस नेता केसी भन्छन्, ‘देशको प्रमुख अंगमाथि संकटमा आउँदा दल र सरकार आफ्नो विषय होइन भन्दै तर्किन पाइन्छ ?’ नेकपा एकीकृत समाजवादीका प्रवक्ता खतिवडा भने न्यायालयबारे दलहरूले बोल्ने बेला भई नसकेको बताउँछन्। 

बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ
प्रधानन्यायाधीशले सोमबार ६ वटा पेसी तोके। पेसी तोकिएका ६ वटै मुद्दा बन्दी प्रत्यक्षीकरणका रहेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए। जुन  चारवटा संयुक्त इजलास र दुईवटा एकल इजलासमा थियो। प्रवक्ता दाहालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बन्दीप्रत्यक्षीकरणका सबै मुद्दाको सुनुवाइ भएको छ। संयुक्त र एकल इजलासबाट सुनुवाइ भएको हो।’ 

प्रधानन्यायाधीशले आफूलाई कुनै इजलास तोकेनन्। तर, असन्तुष्ट १० न्यायाधीशलाई बन्दी प्रत्यक्षीकरणको मुद्दाको इजलास मात्र तोकेका हुन्। डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तान, अनिल सिन्हा र डा. कुमार चुडाल अनि सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा सम्मिलित छुट्टाछुट्टै संयुक्त इजलासले रिट खारेज गरेका छन्। 

विश्वम्भरप्रसाद श्रेष्ठ  र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुद्दालाई तामेलीमा पठाएको छ। बमकुमार श्रेष्ठ र कुमार रेग्मीका एकल इजलासहरूले कारण देखाउ आदेश जारी गरेका छन्।

प्रवक्ता दाहालले न्यायमा पहुँचका लागि प्रधानन्यायाधीश र न्यायाधीशबीचको आन्तरिक छलफलपछि बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको बताए। ‘एक सातापछि बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइ भएको हो’, उनले अन्नपूर्ण पोस्ट्सित भने, ‘अदालतको कामकारबाही अगाडि बढाउने प्रयास भएको छ।  बिस्तारै सबै प्रकारका मुद्दाको सुनुवाइ हुन्छ भन्ने अपेक्षा छ।’ प्रधानन्यायाधीश र न्यायाधीशबीच भएको समझदारीबारे आफूलाई थप जानकारी नभएको उनले बताए। 

कानुन व्यवसायी धर्नामै 
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले सोमबार पनि सर्वोच्च परिसरमा धर्ना दिएका छन्। उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले कुनै व्यक्ति र संस्था नभई न्यायपालिकामा रहेको विकृति र विसंगतिविरुद्ध आन्दोलनमा उत्रिएको बताए। भने, ‘सर्वोच्च अदालतमा अन्यायको आगो लागेका बेला नबोल्ने राजनीतिक दलले कुनै दिन यसको मूल्य चुकाउनुपर्नेछ।’

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पदको गरिमा र आफ्नो सम्मान कायम गर्न नसकेकाले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए। ‘आन्दोलनमा कानुन व्यवसायीको कुनै व्यक्तिगत स्वार्थ छैन। न्यायपालिका सुदृढ र न्याय शीघ्र र स्वच्छ होस् भन्ने चाहना हो’, उनले भने। 
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कात्तिक १७ गतेसम्म आन्दोलन जारी रहने नेपाल बारले जनाइएको छ। उक्त समयसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी बारले दिएको छ। बार उपाध्यक्ष रक्षा बस्यालले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मक रूपमा विरोध कार्यक्रम गर्न परिरहेको बताइन्।  

कमेन्ट गर्नुहोस्