काठमाडौं, कात्तिक १४ गते । नेपाल बार एशोसिएसनका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्नुभएको छ । कानुन व्यवसायीहरुले विहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बँधेर विरोध प्रदर्शन गर्नुभएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायापालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले गत शुक्रबार विरोध कार्यक्रमको घोषणा गरेको थियो । सोही घोषणा अनुसार आज एक घण्टा कालोपट्टी बाँधेर कानुन व्यवसायीले विरोध प्रदर्शन गर्नुभएको हो ।
कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने अडानमा राख्नुभएको छ भने प्रधानन्यायाधी जबराले भने राजीनामा नदिने अडानमा हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्