Sunday, April 19 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

रसिलो तिहार

रसिलो तिहार

दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छन् । कतै झिलिमिली बत्ती, कतै भाइमसला त कतै माटाका पाला, दियो तथा मैनबत्तीले पसलहरू भरिभराउ छन् । तिहारका लागि किनमेल गर्नेको घुइँचो पनि बढ्दैछ ।

शरदको शीतल हावासँगै करेसाबारी, बारी र खेतका डिलमा पनि सयपत्री पहेँलपुर भएर ढकमक्क फुलेका छन् । मखमली मुस्कुराएका छन् । गोदावरीको बासना सबैतिर छरिएको छ । लाग्छ, यतिखेर यी पूmलहरू पनि तिहारलाई पर्खी बसेका छन् ।
हुन त चाडपर्वले हरेकका मनमा एक किसिमको उत्साह ल्याउँछ । उमङ्ग छाउँछ । अनुहारमा कान्ति भरिदिन्छ । खाने, पिउने, रमाइलो गर्ने चाडपर्वको विशेषता नै हो तर यी विषयसँगै तिहारले दिदीबहिनी र दाजुभाइबीच मात्र होइन, मानिसलाई पशुपक्षीसित पनि आत्मीय सम्बन्ध गाँस्न सिकाउँछ । पर्यावरणको संरक्षण गर्ने चेतना जगाउँछ । उही बेला नै कविशिरोमणि लेखनाथ पौडेलले तिहारको वर्णन गर्दै कविता लेख्नुभएको थियो–

सुखमय पारी सब संसार 
आयो रसिलो चाड तिहार । 
हुन पनि हो, तिहार जतिको रसिलो चाड हामी अर्को पाउन सक्दैनौँ । तिहारको प्रसङ्ग उठ्नेबित्तिकै भक्तपुर निवासी संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः पनि यस चाडको रसिलोपना कति हो कति भनेर दङ्ग पर्नु हुन्छ । भर्खरै मनाइएको दशैँ सम्झँदै उहाँ भन्नुहुन्छ, ‘‘दशैँमा हामीले प्रशस्त मात्रामा रसिक काम ग¥यौँ । आनन्द लियौँ । आकाशलाई हे¥यौँ । चङ्गा उडायौँ । अब तिहार मनाएर आनन्द लिन्छौँ ।’’

पूजा सबैको 
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइन्छ । यी पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । यम अर्थात् यमराज र पञ्चक भनेको पाँच दिन हो । यमराजलाई हिन्दु धर्मशास्त्रले मान्छे मरेपछि पाप र पुण्यको परीक्षा गरी स्वर्ग वा नरकको फल प्रदान गर्ने देवता भनेको छ । नरकको भयबाट मुक्ति पाउने कामनाका साथ यो बेला कागदेखि भाइसम्म पूजा गरिन्छ ।

यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । पूजा गर्दा तेल, दूबो सयपत्री/मखमली फूल एउटा दुनामा र पकाएका खानेकुरा अर्को दुनामा राखेर कागलाई ‘काग–काग’ भनेर बोलाएर दिने चलन छ । यसरी कागको पूजा गर्नुको अर्थ के हो त ? संस्कृतिविद् ग्वंगः भन्नुहुन्छ, ‘‘कागले शुभ–अशुभ, असल–खराब सन्देश पु¥याउँछ भन्ने मान्यता रही आएको छ । कागको यही सन्देशात्मक बोलीका लागि हामी उसलाई पूजा गर्छौं । यो कुरा कागको अध्ययन गरेका मानिसहरूले पनि बताउने गरेका छन् । कागको अर्को गुण भनेको आफ्ना सदस्यहरू कोही मरे भने सबै मिलेर शोकसभा गर्छन् । आहारा पाए भने सबै मिलेर खान्छन् ।’’

कागको गुण बखान गर्ने सन्दर्भमा संस्कृतिविद् ग्वंगःले एउटा रोचक कुरो पनि सुनाउनुभयो । उहाँका अनुसार कागले बनाएको गुँड जब नदीमा बहन्छ तब त्यहाँ सबै डाँठ (छेस्का) हरू पानीसँगै बहँदैनन् । कुनै कुनै डाँठ त पानीको बहावभन्दा उल्टो दिशातर्पm बहन्छन् । अर्थात् नदी तलतिर डाँठ माथितिर । माथितिर बहेको डाँठमा शक्ति हुन्छ भनिन्छ । त्यसलाई घरमा ल्याएर ताला छुँदा ताला आफैँ खुल्छ भन्ने विश्वास पनि छ । यस्ता विभिन्न चमत्कार प्रकृतिभित्र छ । 
कागलाई बैगुनी पक्षीको रूपमा पनि हेरिन्छ । यस्तो बानी भएको पक्षीलाई पनि पूजा गर्नुपर्छ भन्नु मित्र मात्र होइन, शत्रुसँग पनि मिलेर बस्नु पर्छ भनेर बुभ्mनु पर्ने समाजशास्त्रीहरूको मत छ । त्यसमाथि कागलाई यमदूत अर्थात् यमराजको दूत मानेर पूजा गर्ने धार्मिक परम्परा त छँदैछ ।

तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । धर्मशास्त्रले कुकुरलाई पनि यमदूतको रूपमा वर्णन गरेको छ । भैरवको वाहन पनि हो कुकुर । घरपालुवा मात्र होइन, वर्षदिनभरि गल्लीमा भौँतारिएर हिँड्ने भुस्याहा कुकुरलाई पनि यसदिन घाँटीमा माला लगाइदिइन्छ । मिठामिठा खानेकुरा ख्वाइन्छ । आफूलाई बस्न दिने, आफूलाई ख्वाउने मालिकको कुकुरले दिलोज्यान दिएर रक्षा गर्छ । यही प्रेमका बदलामा पनि कुकुरलाई स्वामीभक्त भनेर पूजा गरिन्छ । यसले घरको रक्षा पनि गर्छ । यस वर्ष भने काग तिहार र कुकुर तिहार एकै दिन परेको छ । ककुर तिहारकै दिन सूर्योदय हुन अघि नदी, कुवा वा तलाउमा गएर नुहाइन्छ । यमराजलाई तर्पण गरिन्छ । तेलको बत्ती बालेर जलमा बगाइन्छ । यसदिनलाई ‘नरक चतुदर्शी’ भनिन्छ । गाँउघरतिर ‘नर्के फाल्ने’ दिन पनि भन्छन् ।

कात्तिक कृष्ण औँसी तिहारको तेस्रो दिन हो । यसदिन बेलुका धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिन्छ । लक्ष्मीको साथमा इन्द्र र कुबेरको पनि पूजा गर्ने चलन छ । लक्ष्मीको पूजा गर्नुअघि घरको सरसफाइ गरिन्छ । सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता रही आएको छ । सफा गरेपछि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म रातोमाटो र गाईको गोबरले लिपिन्छ । त्यसमाथि चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । अनि केराको सुत्ला वा माटोका पाला बालेर दीपावली गरिन्छ । माटोको पालाभन्दा पनि मैनबत्ती र बिजुलीका झिलिमिली बत्ती बाल्ने चलन अचेल बढ्दो छ । दीपावली गरिसकेपछि गरगहना, पैसा, धानचामल, सेलरोटी, फलफूल आदि राखेर लक्ष्मीको पूजा गरिन्छ । घरको ढुकुटी, चोटाकोठा सबै ठाउँमा पनि पूजा गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । यस दिन महिलाहरूले समूह बनाई भैलो खेल्छन् । देउसी भने गोरु तिहारको दिन खेलिन्छ । अचेल देउसी र भैलो खेल्ने चलन सर्वसाधारणबाट हटेर सङ्घसंस्थामा पुगेको छ । आर्थिक सङ्कलन गर्ने मेलो बनेको छ । त्यसैले पहिले जस्तो देउसी–भैलोको रौनक अहिले पाउन सकिँदैन ।

तिहारको चौथो दिन गोरु तिहार भनिन्छ । गाई तिहार र गोरु तिहार एकैदिन परेमा गाईसँगै गोरुको पनि पूजा गरिन्छ । गाईलाई हिन्दुहरूले माताको दर्जा दिएर गौमाता भन्छन् । गाईको दूध, दही, घिउ, गहुँत र गोबर मिलाएर बनाइएको पवित्र वस्तुलाई पञ्चगव्य भनिन्छ । पञ्चगव्य पूजादि धार्मिक कार्यका निम्ति बनाइन्छ । गोरस विभिन्न रोगमा अचुक औषधिका रूपमा पनि प्रयोग हुने गरेको छ । गाईको यिनै महìव भएकोले गाईलाई मिठा मिठा खानेकुरा दिएर पूजा गरिन्छ । माला लगाइदिइन्छ । 
गोरु प्नि कृषि युगदेखि नै मानिसका लागि सहयोगी बन्दै आएको छ । गोरुले वर्षभरि कृषिकर्म गर्न हलो जोतेर साथ दिन्छ । अन्न उत्पादनमा गोरुले गरेको यो सहयोग बिर्सन नसकिने कार्य हो । त्यसैले तिहारमा गोरुलाई पूजा गरिन्छ । यस दिनलाई हली तिहार पनि भनिन्छ । गाई–गोरुको साथमा हलीलाई पनि मिठा मिठा परिकार खान दिने चलन छ ।

यही दिन गाईको गोठमा गोवद्र्धन पूजा गरिन्छ । गाईको गोबरलाई गोवद्र्धन पर्वतको प्रतीकका रूपमा स्थापना गरी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएपछि गोकुलवासीले गोवद्र्धन पर्वतको पूजा गरेका थिए रे । त्यसैको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो भन्ने मान्यता छ ।


वास्तवमा ‘गो’ भनेको गाई र ‘वद्र्धन’ भनेको वृद्धि हो । अर्थात् गोवद्र्धन भनेको गाईको वृद्धि भन्ने बुझिन्छ । त्यसैले गोवद्र्धन पूजा गर्नु भनेको पर्वतको मात्र पूजा गर्नु भनेर बुझ्यौँ भने अपूरो हुने संस्कृतिविद् ग्वंगःको धारणा छ । उहाँ गाईलाई वृद्धि गर्न घाँसपात चाहिन्छ । घाँसपात पहाडमा हुन्छ । त्यसैले पहाडलाई बचाउनु पर्छ, हरियाली/जडीबुटी जोगाउनु पर्छ भनेर हाम्रो धर्मसंस्कृतिले नै सिकाएको सगौरव बताउनुहुन्छ । यही कुरो नबुभ्mनाले/नगर्नाले पहिरो जाने, बाढी आउने, बेमौसमी वर्षा हुने, पर्यावरणको नास हुनेजस्ता प्राकृतिक विनास हामीले पनि भोगेकै कुरो हो ।

नेपाल संवत्को नयाँवर्ष पनि तिहारको चौथो दिनमा नै पर्छ । यो संवत् चन्द्रमासअनुसार गणना गरिन्छ । यस दिन नेवारहरूले म्हःपूजा (अत्मपूजा) गर्छन् । यस पूजामा आफ्नो शरीरलाई आफैँ पूजा गरिन्छ । आफ्नो जीवनको दीर्घायुको कामना गरिन्छ । दीर्घजीवी फल, फूल र अन्य सामग्रीको प्रयोग गरी म्हःपूजा गरिन्छ ।

पाँचौँ दिन अर्थात् अन्तिम दिन भाइतिहार पर्छ । भाइतिहार दाजुभाइ दिदीबहिनीको ठूलो चाड हो, महोत्सव हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर मिठामिठा खानेकुरा, फलफूल, सुकेका फल (भाइमसला) का साथमा मखमलीका माला लगाइदिएर पूजा गर्छन् । दाजुभाइले पनि सकेको दक्षिणा र उपहार दिदीबहिनीलाई दिन्छन् । पूजा गर्दा दियो, कलश, गणेशको स्थापना गरी यमराजको आह्वान गरिन्छ । दिदीबहिनीद्वारा दाजुभाइको दीर्घजीवनको कामना गरिन्छ । दीर्घजीवनका प्रतीक मखमली माला, दुबो, ओखर, कटुस, विमिरो आदिको प्रयोग गरिन्छ । नेवारहरूले त माछा, मासु, मासको बारा, अण्डा र पालामा रक्सी सगुनका रूपमा दिन्छन् । यसलाई पञ्चतìवका प्रतीकका रूपमा लिइन्छ । 
यसरी यस चाडले मानिस, पशुपक्षी, प्रकृति सबैको सहअस्तित्व स्वीकार गर्न लगाएको छ । प्रकृति र पर्यावरणको संरक्षण गर्न सिकाएको छ । गुणको कदर गर्न जान्नु पर्छ भन्ने सन्देश पनि दिएको छ ।

बत्ती र फूलको चाड
तिहार भन्नासाथ झिलिमिली बत्तीको सम्झना भइहाल्छ । औँसीको रातमा दीपावली गरे ऐश्वर्य र धनधान्यकी देवी लक्ष्मी खुसी हुन्छिन् भन्ने मान्यता छ । यो मान्यता आफ्नो ठाउँमा होला तर ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतर्पm जानुपर्छ भनेर उपनिषद्ले भनेको छ । दीपावली गर्नुको एउटा कारण अँध्यारोलाई हटाएर उज्यालोतर्पm जानुपर्छ भन्ने सङ्केत पनि हो । अज्ञानबाट ज्ञानतर्पm जानु पनि हो । फेरि अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतीक पनि मानिन्छ । अर्थात् सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि हो ।

मैनबत्ती र विद्युतीय रङ्गीन बत्तीको चलन आउनुअघि पनि दुना वा पालामा बत्ती बालेर घर–आँगन उज्यालो पारिन्थ्यो । गाउँसहर सबैतिर यस्तो दृश्य देख्दा यो बेला कसको मन नरमाउला र ! फेरि दीपावलीका नाममा बालिएका बत्तीले वर्षाकालमा खेतबारीमा सिर्जना भएका कीराहरू नियन्त्रण गर्छ । पर्यावरण सफा राख्न मद्दत पु¥याउँछ पनि भनिन्छ ।

तिहार फूलको पनि चाड हो । यो बेला सयपत्री, मखमली र गोदावरी ढकमक्क फुल्छन् । यी फूलले वातावरणको सौन्दर्य त बढाउँछन् नै । हाम्रो संस्कृति पनि झल्काउँछन् । त्यसैले तिहारमा यी फूलको प्रयोग गरिन्छ । करेसाबारी, बारीका कान्ला र खेतका डिलमा सजिलै हुर्किने सयपत्री फूल नेपालमा अन्य फूलभन्दा धेरै लोकप्रिय छ । तिहारमा मात्र होइन, अरू बेला पनि यो फूलको प्रयोग अत्यधिक हुन्छ । औषधीय गुणले भरिपूर्ण यो फूलको रङले मनुष्यको अहंकारलाई कम गर्ने कथन पनि रही आएको छ । सयपत्रीको एउटै थुँगामा सयौँ पत्र हुन्छ । हरेक पत्र एउटा थुँगासरह हुन्छ भनेर च्यातेर पनि भगवान्को पूजा गरिन्छ । त्यसैले तिहारमा ज–जसको पूजा गरिन्छ, उनीहरूलाई सयपत्रीका माला पहि¥याइदिइन्छ । घरको झ्यालढोकामा पनि टाँगिन्छ । 
मखमली फूल भने कहिल्यै नओइलाउने फूलको रूपमा परिचित छ । दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध पनि यस्तै दिगो होस् भनेर मखमलीको माला भाइटीका गर्दा प्रयोग गरिन्छ । गोदावरी फूलले भने हामीलाई संवेदनशील हुन सिकाउँछ ।

तिहारको बजार
हाम्रा चाडपर्वले बजारलाई पनि चलायमान गराउँछन् । कोरोनाको कारणले थला परेको अर्थतन्त्र दशैँबाट जुर्मुराउन थालेको छ । आन्तरिक मात्र होइन, वैदेशिक व्यापार पनि यतिखेर बढेको छ । एक तथ्याङ्कअनुसार कुला खुद्रा व्यापारमध्ये ३० प्रतिशत दशैँ–तिहारको बेला मात्र हुन्छ ।

यसपालिको तिहारमा पूmलको मात्र १० देखि ११ करोड रुपियाँको कारोबार हुने अनुमान फ्लोरिकल्चर्स एसोसियन (फ्यान) ले गरेको छ । फ्यानका महासचिव विश्वमणि पोखरेलका अनुसार तिहारका लागि सयपत्री माला (प्रतिमिटर) साढे पन्ध्र लाख, मखमली तीन लाख र गोदावरी १५ हजार खपत हुने अनुमान छ । मखमली र गोदावरीको माग भने देशभित्रैको उत्पादनले धान्छ । सयपत्री माला भने करिब दुई लाख ३२ हजारदेखि दुई लाख ५० हजारसम्म भारतबाट आयात गर्नुपर्ने अनुमान छ । तिहारको बेला मखमली माला अस्ट्रेलिया, जापान, तथा दुबईमा समेत निर्यात हुने गरेको छ । त्यहाँ बसेका नेपालीका लागि यो माला प्रयोग हुन्छ ।

गत वर्षभन्दा यस वर्ष फूलको माला सस्तो हुने अनुमान फ्यानले गरेको छ । सयपत्री ५५ देखि ६० रुपियाँ, गोदावरी ३५० रुपियाँभन्दा माथि र मखमली ३५ देखि ४० रुपियाँ प्रतिमाला थोकमूल्य ताकिएको छ ।
यसैगरी मैनबत्ती र विद्युतीय बत्तीको चलन बढे पनि माटाका पाला तथा दियोको माग पनि बजारमा उच्च रहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, भक्तपुरका अध्यक्ष प्रेम खर्बुजाले जानकारी दिनुभयो । भक्तपुर र तराई क्षेत्रमा यो व्यवसायमा संलग्न मानिसलाई यतिखेर पाला र दियो बनाउन चटारो छ । पाला र दियो कति बिक्री हुन्छ भन्ने यकिन तथ्याङ्क त छैन तर यस पटक गत वर्षभन्दा बढ्ने अनुमान अध्यक्ष खर्बुजाले गर्नुभयो ।

भाइमसला, फलफूल, रङ, विद्युतीय बत्तीको कारोबार पनि तिहारमा अत्यधिक हुन्छ । कोरोनाअघि विद्युतीय बत्तीको कारोबार ३० करोड रुपियाँको भएको व्यापारीहरू बताउँछन् । विशेषगरी फूल, फलफूल र अन्न तिहारमा बिक्री हुन्छन् । यी वस्तु गाउँघरका उत्पादन हुन् । गाउँघरका वस्तुले बजार पाएपछि निम्न आर्थिक स्तर भएका व्यक्तिको गोजी पनि नगदले भरिन्छ । अनि त तिहारको उमङ्गसँगै उनीहरूको अनुहारमा पनि कान्ति छाउँछ ।

उपसंहार 
रसिलो तिहारको बखान जति गरे पनि सकिँदैन । हाम्रा चाडपर्वले परिवारका सदस्य, नातागोता, पशुपक्षी, प्रकृति सबैको आआफ्नै महìव अथ्र्याएको छ । आफ्नो स्वार्थमा मात्र नभुली अग्रज पुस्ताको हेरविचार गर्ने दायित्व पनि चाडपर्वले सिकाएको छ । त्यसलाई बुझ्न र मनन मात्र गर्न सक्नुपर्छ । औकातभन्दा बाहिरको सौगात देखाउने बानी गर्नुहुँदैन । देखासिखी गर्नु भनेको अनर्थ हो । यो अर्थ होइन भन्दै संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः भन्नुहुन्छ, 
‘‘तिहारकै सन्दर्भमा पनि न त दाजुभाइको न त दिदीबहिनीको नै तडकभडक गर्ने अपेक्षा हुन्छ । दिदीबहिनीले केही दिएपछि दाजुभाइले पनि केही त दिनै प¥यो । दाजुभाइले केही दिन नसकेमा उनीहरूमा आत्मग्लानी हुन्छ । यो अत्मग्लानी तिहार मनाउँदा कतैबाट पनि हुनु भएन ।’’

उहाँ भन्नुहुन्छ, ‘‘तिहारमा ओखर खेल्ने चलन अहिले नास भइसक्यो । चङ्गा उडाउने, पिङ खेल्ने चलन लोप हुँदैछ । परिवर्तनका नाममा परम्परा नास हँुदै छन् । परिवर्तन भनेको चिन्तनमा प्रभाव पर्नु हो न कि परम्परालाई नास गर्नु । त्यसैले आत्मीय धारणाहरू प्रवाह गरेर चाडवर्प मनाउनुपर्छ । मायाले मायालाई जोगाउने हो । मायालाई तुहाउन चाडपर्व मनाउने होइन ।’’ ग्वंगःका यी विचारलाई अनुसरण गर्दै अगाडि बढ्दा पो माथि उल्लेख गरिएको कविशिरोमणि लेखनाथ पौडेलको कविताका पङ्क्तिले सार्थकता पाउला, होइन र ! 

 

कमेन्ट गर्नुहोस्