काठमाडौं, कात्तिक ४ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटीको बैठकले १७५ सदस्यीय सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । डिलाराम आचार्यको संयोकत्वमा सम्पर्क समिति गठन गरिएको माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकबारे बताउनुहुँदै उहाँले ३३ वटा विभाग तथा यसको जिम्मेवारी तोकिएको बताउनुभयो । जसमा विपद् व्यवस्थपन विभाग भने गठन गर्न बाँकी छ । यसबाहेक पार्टी स्कूलिङ विभागको ईन्चार्च पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुखमा गिरीराजमणि पोखरेललााई जिम्मा दिइएको छ ।
यसैगरी, विदेश मामिला विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ, प्रचार प्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, संगठन विभागमा जनार्दन शर्मा, अर्थ तथा योजना विभागमा वर्षमान पुन, उद्योग विभागमा बामदेव क्षेत्री, उपभोग हित तथा आपूर्ति विभाग मातृका यादव, खानेपानी तथा सरसफाई विभागमा वीना मगर, निर्वाचन विभागमा खिमलाल देवकोटा, प्रादेशिक मामिला विभागमा पर्शुराम तामाङ, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग झक्कुप्रसाद सुवेदी, विज्ञान तथा प्रविधि गणेश शाहलगायतका नेताहरुलाई जिम्मेवारी तोकिएको पार्टी प्रवक्ता महराले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्