काठमाडौं : पाटन दरबारमा ‘गथु प्याखा’ (नवदुर्गा नाच) सम्पन्न भएको छ। विजया दशमीको राति देखाइने गथु प्याखा पाटन दरबारमा सम्पन्न भएको हो।
गथु प्याखा पाटन दरबारको मनमानेश्वरी (पुरानो तलेजु) लाई भैरव, काली र बाराहीले फूलमाला चढाएर हर्षोल्लासका साथ बधाई दिने गरिन्छ।
विजय भएको उपलक्ष्यमा देखाइने गथु प्याखा १३ देवगन (नर्तक) द्वारा प्रस्तुत नृत्य हो। यो हेर्न वरपरी विभिन्न वर्गहरू भेला हुन्छन्।
पाटन दरबारका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी र ठेचोको नवदुर्गाबीच मितको सम्बन्ध रहेको विश्वास छ। सोही कारण पायो र मनमानेश्वरी देवी ठेचोका नवदुर्गा लिई स्वागत गर्न आउने गरेका छन्।
शुक्रबार राति प्रस्तुत गथु प्याखालाई विकेश शाक्यले क्यामेरामा कैद गरेका छन्।
कमेन्ट गर्नुहोस्