Saturday, April 18 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

दसैं : पारिवारिक सम्मिलनको पर्व

दसैं : पारिवारिक सम्मिलनको पर्व

चाडपर्वका सन्दर्भमा हामी समृद्ध छौँ। वर्षभरिकै लागि असङ्ख्य पर्व, अनेकौँ व्रत र उत्सवहरू उल्लेख भएको पात्रो हामी दिनहूँ पल्टाउँछौँ, हेर्छौँ। प्रत्येक तिथि कुनै न कुनै दैवीशक्तिको आराधना, उपासनाका निम्ति समर्पित छन्। सप्ताहका प्रत्येक दिनका लागि पनि अधिष्ठाता देवताको उपासना र व्रतको नियम व्यवस्थित भई परम्पराका रूपमा रहिआएको छ। केही चाड एक दिनका निम्ति हुन्छन् भने केही दुई वा सोभन्दा बढी दिनसम्म मनाइन्छन्। ज्योतिषीय कालगणनामा आधारित रहेर समयक्रममा ती पर्व आउँछन्। हामी मान्छौँ–मनाउँछौँ। र, पुनः पृथ्वीले सूर्यका वरिपरी एउटा फन्को मारुञ्जेललाई हामी ती पर्वबाट पाएको ऊर्जा, उत्साह र आनन्दलाई लिएर बीचमा पर्ने अन्य चाड मनाउँदै स्वधर्म र स्वकर्ममा समर्पित हुन्छौँ।

यसै क्रममा यस वर्ष पनि तिथिअनुसार आश्विन महिना लागेसँगै हामीले पितृपक्षमा आफ्ना दिवङ्गत माता–पिता र पुर्खालाई स्मरण गर्‍यौँ। श्रद्धाभाव निवेदन गर्दै श्राद्ध गर्‍यौँ। महालयपछि महिनाको उज्यालो पक्ष आरम्भ भयो। र, सँगसँगै सुरु भयो मालश्रीको सुमधुर धुन। गाउँ–गाउँमा, मन्दिर र शक्तिपीठहरूमा ईश्वरीय शक्तिलाई देवीको रूपमा, नारीशक्तिका रूपमा आराधना गर्ने पावन नवरात्र पर्व आरम्भ भयो। नौवटा अहोरात्रभरी देवीका विविध रूपको उपासना गरेपछि नेपाली मन–आगन विजयादशमीका निम्ति सुसज्जित भइसकेको छ।

विजयादशमीको मौलिक नेपाली स्वरूप
वर्षभरी चारवटा नवरात्र मनाइन्छन्। हामीले चाहिँ प्रत्यक्ष चिनेका दुईवटा नवरात्रलाई मुख्य रूपमा मनाउने गरेका छौँ। एउटा चैत्रमा ‘वासन्तिक नवरात्र’ र अर्को आश्विनमा ‘शारदीय नवरात्र’। नवीन संवत्सर आरम्भसँगै सुरु हुने वासन्तिक नवरात्रका विशेषता हुन् चैत्रशुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ र नवमीका दिन श्रीरामनवमी। यी पर्व विश्वभरी नै छरिएका हिन्दूहरूले उल्लासपूर्वक मनाउने गरेका छन्। 

शारदीय नवरात्र पनि वैश्विक पर्व नै बनिसकेको छ। विश्वमा जहाँजहाँ हिन्दूहरू उपस्थित छन्, कुनै न कुनै रूपमा नवरात्र मनाउँछन्। कतै नौ दिनपर्यन्त नियमपूर्वक व्रत बस्ने परम्पराले विशेषता पाएको छ भने कतै उल्लासमय उत्सव, नृत्य, पूजन आदिले। कतिपय ठाउँमा ऋतुअनुसारका परिकार पनि पर्वसँग जोडिएका हुन्छन्।

नेपाली जनमानसका लागि दसैँ उपासना र उत्सवको मिश्रणका रूपमा आउँछ। यसलाई नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाडका रूपमा गणना गरिन्छ। बडादसैँ पनि भनिने यस पर्वमा दुर्गा भवानीको पूजन मुख्य कृत्य हो भने दशमी तिथिबाट पूर्णिमापर्यन्त मान्यजनबाट टीका र जमरा ग्रहण गर्नु प्रमुख विशेषता हो।

मुख्यतः घटस्थापनाका दिन शक्तिपीठ, स्थानीय मठ–मन्दिर अथवा घरमै पनि शुद्ध माटोमा जौ र विविध धान्य रोपण गरी जमरा राख्ने प्रचलन विशेषतः हामी नेपालीहरूमा रहेको छ। यद्यपि, भारतवर्षमा अन्यत्र पनि यवरोपणम् भनी ‘जयन्ती’ मार्ने परम्परा पाइन्छ। तर, त्यो विजयादशमीका दिन गरिने अपराजिता पूजा एवं दुर्गा विसर्जनसम्म मात्र सीमित रहेको देखिन्छ। अर्थात् जसरी हामी नेपालीहरू नौ दिनसम्म अँध्यारोमा उमारी पूजन गरिएको जयन्तीलाई दसैँका दिन दुर्गा भवानीको प्रसादका रूपमा शिरोधार्य गर्दछौँ त्यसरी हिन्दूधर्मावलम्बीमै पनि अन्य कुनै समुदायले गरेको पाइन्न।

टीकाको नेपालीपन
जमरासँगै दसैँको विशेषता टीका पनि हो। रातो अबिर र दहीमा मुछिएको अक्षता होस् अथवा सेतै अक्षता— दसैँको आशीर्वादका रूपमा निधारमा टीका लगाउने परम्परा विशुद्ध नेपाली हो। यस्तो परम्परा अन्य कुनै पनि समुदायमा देखापर्दैन अथवा भए पनि गौण छ। दशमीमा सुरु भएको टीका–जमरा र आशीर्वादको क्रमले शरद् पूर्णिमासम्म निरन्तरता पाउँछ।

पारिवारिक सम्मिलनको पर्व
‘मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव’ इत्यादि भन्दै उपनिषद्ले निर्देश दिएका छन्— माता–पिता एवं गुरुजन र अतिथि समेतलाई देवस्वरूप ठानी पूजा गर्नू। उपनिषद्को यो उपदेशलाई नेपाली समाजले मानौँ अक्षरशः शिरोधार्य गरेको छ। ती मान्यजनलाई सम्मान गर्नु नित्यकर्म नै हो, तथापि विजयादशमी यसका निम्ति एउटा निमित्त पनि बनेको छ। वर्षभरिको व्यस्ततालाई केही दिन विश्राम दिएर, दसैँमा हामी आफ्ना मान्यजनको दर्शनका लागि उनीहरू भएको ठाउँमै पुग्छौँ। श्रद्धा र प्रेमको प्रतीक केही कोसेली पुर्‍याउँछौँ। हँसिलो मुहार लिएर टीका र जमरासहित मायाले भिजेको आशीष् थाप्छौँ। सम्मान र स्नेहको यो आदान–प्रदान औपचारिकता मात्र होइन, यसमा हाम्रो मन जोडिएको हुन्छ।

दायित्वको गह्रौँ भारी बोकेर घर–परिवारको आवश्यकता पूरा गर्न कतिपय परिजन टाढिएर बस्न बाध्य हुन्छन्। तर, वर्षभरिमा दसैँ नै त्यो अवसर बन्दछ जब ती परिजन पनि घर आउँछन्। चारो बटुल्न उडेकी चरी गुँडमा फर्किएझैँ व्यवसायका निम्ति परपर पुगेका घरका सदस्य घर फर्किन्छन्।

एकल परिवारको अवधारणाले अहिले आफ्नो जरा राम्रै गरी गाडिसकेको छ। ‘सानो परिवार, सुखी परिवार’ भन्ने धारणा बोकेर कतिपय दम्पति आफ्ना बालबालिकालाई लिएर ‘मूलघर’बाट टाढा बस्न रुचाउँछन्। कतिपयका लागि यो बाध्यता पनि हो। यता, आफ्नो जीवनको ऊर्जाशील समय गाउँमै व्यतित गरेका घरका ज्येष्ठ सदस्य भने आफ्नै घरको तुलसी मोठतिर सिरानी पारेर प्राण जाओस् भन्ने भाव मनमा राखी गाउँघरमै बस्दैआएका हुन्छन्। स्थिति कस्तो बनिदिन्छ भने, झाँगिएका ती वर–पीपलको शीतल आश्रयबाट परिवारका नवीन पुस्ता चाहिँ वञ्चित भइरहेका हुन्छन्। जे जस्तो परिस्थितिका कारणले भए पनि टाढिएर बस्न बाध्य भएका ती नाति–नातिनाले आफ्ना हजुरबुवा–हजुरआमाको माया पाउन पनि दसैँ नै कुर्नुपरेको पाइन्छ। दसैँको शारदीय याममा कुलका गौरव र कुलाका सौरभ दुबैको सुखद् सम्मिलन हुने गर्दछ। यसर्थ, दसैँ नियास्रो मेट्ने अवसर बनेर पनि आएको हुन्छ अधिकांश नेपाली जीवनमा। भौतिक तथा मानसिक रूपमा नजिक रहँदा उत्पन्न हुने आत्मीयताको सुदृढ जगमा नै मायाको त्यो सबल खाँबो ठड्याउन सजिलो हुन्छ जसका भरमा परिवाररूपी भवनको निर्माण मनःपूर्वक गर्न सकियोस्।

दसैँ, आफन्तबीच चिनजान बढाउने सुअवसर पनि हो। वंशज र वैवाहिक सम्बन्धका कारण जोडिएका नातागोतासम्म पुग्ने, सद्भाव आदानप्रदान गर्ने अवसरका रूपमा दसैँको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ। यस स्वर्णिम समयमा ध्यान दिनै पर्ने कुरा चाहिँ के छ भने हामीले आफ्ना बालबालिकालाई सम्बन्धको चिनारी (यथा— काका–काकी, मामा–माइजु, फुपू–फुपाजु, सानिमा–सानाबा आदि भनेर) नेपाली अथवा आफ्नो मातृभाषामै दिनसके सुनमा सुगन्ध थपिने छ।

उपसंहार
चाडपर्वलाई सामूहिक रूपमा मनाउने परम्परा नौलो होइन। कयौँ पर्वलाई पारिवारिक जमघटको अवसरका रूपमा पनि हामीले हाम्रा अग्रज, हाम्रा पूर्वजबाट सांस्कृतिक सम्पदाकै रूपमा पाएका छौँ। परिवारको महत्त्व दर्शाउन, पारिवारिक सम्बन्धलाई दृढता प्रदान गर्न र सम्मान, स्नेह एवं आशीर्वादको क्रमलाई निरन्तरता प्रदान गर्नमा यस्ता पर्व सहायक सिद्ध भइआएका छन्। हस्तान्तरणको यो क्रम यथावत चलिरहेको छ। हामीले पायौँ, र हामीभन्दा पछिका पुस्तालाई हामी सुम्पँदै पनि छौँ। यद्यपि, के मनाउने, कसरी मनाउने मात्र नभएर हामीले ती पर्व र परम्पराको जरा, तिनको उद्भव र विकासको क्रम पनि चिनाउन–जनाउन सके त्यसको फलश्रुति झनै उन्नत, झनै सुखद् बन्नेछ। यसतर्फ पनि हामीले ध्यान दिन आवश्यक छ। दसैँ यस्तै सुखद् पर्व हो।

दसैँ समस्त नेपालीहरूको महान चाड हो। यसको गरिमा र महिमालाई मनमा राखी हामीले यसलाई मनाउनुपर्छ। यो उत्सव हो। हामीले मनाउने उत्सवले हामीलाई हाम्रो ‘उत्स’, हाम्रो मूल उद्गमसँग जोड्ने गर्दछन्। हामीले कति सजग बनेर मनाउँछौँ त्यसैमा भरपर्दछ। हाम्रा धार्मिक–सांस्कृतिक एवं सामाजिक महत्त्वका चाड–पर्व मनाइँरहँदा ती पर्वले दिने सन्देशलाई ऊर्जाका रूपमा आत्मसात् गर्न सकिरहेका छौँ वा छैनौँ त्यसतर्फ पनि हाम्रो ध्यान जान आवश्यक छ। उत्सवप्रिय हामीले दसैँ–तिहार आदि सबै पर्व यस्ता सुकर्म गरी मनाऔँ जसले यी चाड–पर्वको महत्ताले विस्तार पाओस् र यिनको गरिमामा आँच नआओस्। श्रद्धा–भक्तिसँगै सद्भावको सौन्दर्य सर्वत्र छाओस्।

बडादसैँ सबैका निम्ति प्रेरक, सुखद् र मङ्गलमय बनोस्। 

कमेन्ट गर्नुहोस्