Sunday, April 19 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

‘परमादेश’का परकम्पहरू : जनादेश भुलेर बाटो बिराउँदै सरकार

काठमाडौं : अघिल्लो केपी शर्मा ओली सरकार आफ्नै दलको विद्रोहले सत्ताच्यूत भयो। त्यसको फाइदा स्वरूप ‘परमादेश’ ले प्रधानमन्त्री बनेका शेरबहादुर देउवा उसरी नै स्वदलीय नेताको आलोचनाबाट घेरिएका छन्। कारण हो– मनमौजी सत्ता सञ्चालन।

ओलीले हरेक मञ्चमा भन्ने गरेका छन्, ‘यो सरकार जनादेशको होइन, परमादेशको हो।’ परमादेशबाट सत्तामा आए पनि देउवासँग जनादेश छ। दर्बिलो विश्वासको मत पाएकै छन्। गठबन्धनका बाँकी दल (माओवादी र जसपा) ले काँध थापेका छन्। तर, उनले आफूलाई जनादेशतिर होइन, परमादेशकै मर्मतिर ढल्काउँदै लगेका छन्।

फलत: सत्तारुढ सहयात्री मात्र होइन, कांग्रेस नेताहरू नै सरकारसँग रुष्ट बनेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले देउवा सरकारले लोकतन्त्रको हत्या नै गरेको आरोप लगाएका छन्। उनले गजेन्द्र हमालको मन्त्रीमा नियुक्ति र बाध्यतावश भएको राजीनामाको सन्दर्भमा भने, ‘राजाको पालामा पहिलोपटक र अहिले दोस्रोपटक लोकतन्त्रमाथि प्रहार भएको छ।’

लोकतन्त्रको लज्जा शरणम् : प्रधानन्यायाधीशलाई ‘भाग’
सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको घटना संसदीय प्रणालीमा जति नौलो र अचम्मको थियो, मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशको ‘भाग’ छुट्याएको घटना पनि उत्तिकै अनौठो र नौलो थियो। ‘परमादेश’ को परकम्प भन्दै नागरिक समाजबाट चर्को आलोचना भएपछि प्रधानन्यायाशीको ‘भाग’ का मन्त्रीले आइतबार राजीनामा त दिए। तर, यो घटनाले संविधान, शक्ति पृथकीकरणको सर्वसान्य सिद्धान्त र राजनीतिक प्रणालीमाथि नै प्रहार भएको भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रधानमन्त्री बनेको ८८ दिनमा देउवाले बल्ल सरकारलाई पूर्णता दिए। तर, मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशको ‘कोटा’ सुरक्षित गरेर अनौठो काम गरे। हाल कांग्रेसको राजनीतिमा खासै सक्रिय नभएका गजेन्द्र हमाललाई मन्त्री बनाए। उद्योगमन्त्री बनेका हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। ‘परमादेश’ को गुन तिर्न प्रधानन्यायाधीशको कोटामा हमाललाई मन्त्री बनाइएको भन्दै सत्तासीन दलकै नेताहरूबाट चर्को विरोध भयो। विरोध थाम्न नसकेर हमालले तीन दिनमै राजीनामा दिए। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ नसोचिएको र कल्पना बाहिरको घटनाक्रम भइरहेको बताउँछन्। ‘शास्त्र, सिद्धान्त, व्यवहार, संविधानले नसोचेको अवस्थाको साक्षी भएर बस्नुपरेको छ,’ श्रेष्ठले अन्नपूर्णसँग भने, ‘यो संवैधानिक एवं राजनीतिक गतिविधि अकल्पनीय ढंगले अघि बढेको छ।  जुन दु:खद् र कल्पना बाहिरको छ।’

प्रधानमन्त्री देउवा नेतृत्वका विगतका चार सरकार जसरी आलोचित थिए, पाँचांै पटकको ‘इन्ट्री’ नै विवादित बन्यो। प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न थालेपछि स्वतन्त्र न्यायालयको मूल्य मान्यताप्रति नै प्रश्न उठेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरे। एमाले महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतले ‘राजनीति गरेको’ र सत्तारूढ गठबन्धन त्यसको मतियार बनेको आरोप लगाए। गजेन्द्र हमालको उद्योग मन्त्रीमा नियुक्ति र तीन दिनमै राजीनामाको घटनालाई उनले ‘तमासा’ विशेषण दिए।

‘सम्मानित सर्वोच्च अदालत भन्छौं हामी’, उनले भने, ‘सम्मानित अदालतले राजनीति नगरेको राम्रो।’ वर्तमान राजनीति दुई ध्रुवमा बाँडिएको उनको कथन थियो। ‘एकातिर एमाले र अर्कातिर सत्तारूढ गठबन्धन छ। गठबन्धन कसरी चलिरहेको छ भन्ने अहिलेको तमासाले नै छर्लङ पारेको छ। जुन तपाईंहरूले देख्नुभएकै छ।’

यति भइरहँदा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने हमालको खुलेरै बचाउ गरे। माओवादी अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले विगतमा दिने गरेका उपदेश विधि, प्रक्रिया र संविधानको रक्षाका भाषणहरूको ‘धज्जी’ उड्यो। सत्ता गठबन्धनबाट संविधानमाथि खेलवाड गरिएको भन्दै चौतर्फी चिन्ता व्यक्त गर्न थालिएको छ।

‘देशको यो हालत हुनुमा संविधान, कर्मचारीतन्त्र, नागरिक समाज दोषी होइनन्, सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी, भन्छन्, ‘ठीक संस्थाहरूमा बेठीक मान्छे पुगे। बेठीक मान्छे पुगेपछि नतिजा यस्तै आउँछ। योभन्दा अझै तल जान बेर छैन।’ 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य सरकारका तीन अंगले संवैधानिक दायराभित्र रहेर काम नगरी अधिकार क्षेत्रमा हस्तक्षेप गर्दा अनिश्चितता र अस्थिरता आइरहने बताउँछन्। ‘संविधानले संवैधानिक अंगबीच चेक एन्ड ब्यालेन्सको परिकल्पना गरेको छ,’ उनले भने, ‘त्यसको कार्यान्वयन नहँुंदा न्यायालयको भूमिका र भागबन्डाको विवादको नतिजा हो यो।’

देउवा प्रधानमन्त्री बनेदेखि नै विवादमा मुछिए। देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै ललिता निवास प्रकरणमा फरार रहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भए। १० लाख धरौटीमा छुटे। गच्छदार आजभोलि सार्वजनिक कार्यक्रममा भाग लिँदै राजनीतिमा सक्रिय छन्। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा गच्छदार ‘भूमिगत’ जस्तै थिए।   

प्रधानमन्त्री बनेपछि देउवाले लुम्बिनी, गण्डकी, बागमतीका प्रदेश प्रमुखलाई फिर्ता बोलाएर आफू निकटलाई प्रदेश प्रमुख बनाए। कर्मचारीको सरुवामा ‘आंतक’ मच्चाइएको कर्मचारीहरू बताउँछन्।

कांग्रेस नेतै दिक्क : ‘बेलैमा सम्हालिनुस्’
तीन महिना पुग्न लाग्दा पनि सरकारले गति लिन छोडेर एक पछि अर्को विवादास्पद निर्णय गर्न थालेकोमा कांग्रेसका नेताहरू चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन महिना बितिसक्दा पनि सरकारले कुनै महत्वपूर्ण काम गर्न नसकेको बताए।  ‘शेरबहादुरजीलाई सरकार सञ्चालनभन्दा पनि पार्टीको महाधिवेशनकै चिन्ता छ,’ पौडेलले भने, ‘सरकार बनेको ३ महिना भयो। सफल हुने के काम गरेको छ र ?’  

कांग्रेसकै अर्का नेता डा. शेखर कोइरालाले सरकारले लोकतन्त्रको हत्या नै गरेको आरोप लगाए। हमालको नियुक्तिप्रति असन्तुष्ट कोइरालाले प्रधानमन्त्रीका रूपमा देउवाले दोस्रो पटक लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाए।  ‘राजाको पालामा पहिलोपटक र अहिले दोस्रो पटक लोकतन्त्रमाथि प्रहार भएको छ,’ कोइरालाले भने। 

प्रधानमन्त्री देउवाले लोकतन्त्रका लागि धेरै दौरासुरुवाल फटाए पनि पछिल्ला गतिविधिले लोकतन्त्रको मर्म र सन्तुलनमाथिनै प्रहार भएको कोइरालाले बताए। कांग्रेस नेतृ सुजाता कोइरालाले अरूले उचालेकै भरमा हमाललाई मन्त्री बनाइनु गलत भएको बताइन्। कांग्रेस नेता गगन थापाले सरकार असामान्य अवस्थामा बनेकाले सार्वजनिक रूपमा उठ्ने प्रश्नप्रति सचेत हुनुपर्ने बताए। ‘पछिल्लो समय जसरी कामहरू भइरहेका छन् ती सही छैनन्,’ थापाले भने, ‘बेलैमा सम्हालिएर नेतृृत्व अघि बढ्नुपर्छ।’  

प्रारम्भिक चरणमा गरेका गल्तीलाई सुधारेर अघि बढ्ने हो भने अझै पनि प्रधानमन्त्री देउवासँग पर्याप्त समय रहेको थापाले बताए। थापाले भने, ‘भर्खर मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। गल्तीलाई नजरअन्दाज गरेर सरकार अघि बढ्न खोज्यो भने राम्रो हुँदैन।‘ 

सरकारका अहिलेका निर्णय र गतिले आगामी तीन तहका निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने नबन्ने भन्दै थापाले चिन्ता व्यक्त गरे।

कांग्रेस नेता प्रकाशमान सिंहले अवसर पाएर काम गर्न नसक्नेहरूको गुनगान गाएर आफ्नो स्वार्थ पूरा गर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बन्दै गएको बताए। वर्तमान सरकार भद्रगोल रूपमा चलिरहेको स्वयं कांग्रेस कार्यकर्ताका लागि टाउको दुखाइ बनेको छ। ‘सरकार सञ्चालनका क्रममा गल्ती गर्ने छुट अहिले छैन,’ कास्की कांग्रेसका सभापति कृष्ण केसीले आइतबार प्रधानमन्त्री देउवाकै सामु भने, डेढ वर्षपछि हुने निर्वाचनमा सरकार सञ्चालनका कारण चुनाव हारियो भने त्यसभन्दा दु:खदायी अरू हुँदैन।’

देश खुल्यो : दूतावासहरूचाहिँ खाली
देउवा प्रधानमन्त्री भएपछि अमेरिका, चीन, भारतलगायतका शक्तिशाली मुलुकमा रहेका राजदूत फिर्ता बोलाइए। कोभिडले थिलथिलो बनेको अर्थतन्त्र उकास्न र पर्यटन भित्र्याउन कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने बेला शक्तिशाली देशमा नेपाली राजदूत छैनन्। सरकारले कूटनीतिक शून्यताको अवस्था सिर्जना गर्‍यो। कोभिड खोपका लागि समन्वय कर्ताको भूमिका निर्वाह गर्ने राजदूत नहँुंदा  खोप आयातमा समस्या भएको सरोकारवालाहरू बताउँछन्। 

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले राजदूत खाली राख्न नहुने बताए। सरकारले आचारसंहिता, मापदण्ड बनाएर राजदूत नियुक्त गर्नुपर्नेमा  मनलाग्दी भइरहेको उनले बताए। अमेरिका भारत जस्ता देशमा एक दिन पनि राजदूत नहुँदा नेपालको कूटनीतिक क्षेत्रमा नराम्रो प्रभाव पर्ने उनको भनाइ छ। 

‘कूटनीतिक क्षेत्र सरकारको प्राथमिकतामा नै पर्दैन,’ उपाध्यायले भने, ‘राजदूत खाली हुँदा कूटनीतिक क्षेत्रमा दूरगामी असर पर्छ।’ पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले राजदूत नियुक्ति गर्न सरकारले ढिलाइ गरेकाले अन्तर्राष्ट्रिय सम्बन्धमा असर पुग्ने बताइन्। 

नयाँ इतिहास: ४ दिन बजेटशून्य
देउवा सरकारको पालामा इतिहासमै पहिलोपटक मुलुकको बजेट चार दिन ठप्प भयो। अघिल्लो एमाले नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई समयमै संसद्बाट प्रतिस्थापन गर्नेतिर नलागी हेलचेक्र्याइँ गर्दा बजेट ठप्प भएको थियो। असोज १ देखि ४ गतेसम्म बजेट होलिडेको अवस्था आयो। कोभिडपछि अर्थतन्त्र चलायमान हुनुपर्ने बेलामा बजेट ठप्प हुँदा त्यसको प्रभाव अहिलेसम्म छ। 

अर्थविद् डा. डिल्लीराज खनाल अहिलेका राजनीतिक घटनाक्रमले पनि सरकारलाई धेरै विवादित बनाएको बताउँछन्। सरकारले ४ दिन बजेट बन्द गर्दा कतिपय कार्यान्वयन हुनुपर्ने काम र भुक्तानी गर्नुपर्ने रकम लगायतमा ढिलाइ भएको उनले बताए।  

‘राष्ट्रिय गौरवका आयोजनादेखि कम प्राथमिकताका कार्यक्रम लगायतमा थप अनिश्चितता र थप जटिलता ल्याउने काम भएको छ,’ खनालले भने, ‘आर्थिक वृद्धिको लक्ष्य र निजी क्षेत्रको लगानी प्रवद्र्धनमा प्रभाव पार्ने भयो। बैंकिङ क्षेत्रमा तरलताको अभाव पनि यसकै कारण हो।’

भूमि आयोग : भर्ती केन्द्र
देउवा सरकारको पहिलो निशानामा पर्‍यो, भूमिसम्बन्धी समस्या समाधान आयोग। अघिल्लो सरकारले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गठन गरेकोे आयोग देउवा प्रधानमन्त्री भएको तीन साता पनि नपुग्दै खारेज गरियो। 

आयोग त खारेज भयो। तर, फेरि, आफ्नै कार्यकर्तालाई नियुक्ति दिएर आयोग गठन गरियो।  कांग्रेस निकट केशव निरौलालाई अध्यक्ष  र माओवादी केन्द्रका नहेन्द्र खड्कालाई उपाध्यक्षमा नियुक्त गरियो। नयाँ पदाधिकारी नियुक्तिसँगै अघिल्लो आयोगले गरेका काम अलपत्र परेका छन्। भूमि समस्याबारे जनताले भरेका फारम के हुने हुन् भन्ने अन्योलता उत्पन्न भएको छ।

अध्यादेश राज : निजामती ऐनमा राजनीति
सरकारले संसद्मा छलफलका क्रममा रहेको निजामती सेवासम्बन्धी विधेयक फिर्ता लिई अध्यादेशको तयारी गरेको छ। अघिल्लो ओली सरकारले अध्यादेशको राज गरेको भन्दै कांग्रेसले चर्को विरोध गरेको थियो। तर, तीन वर्षदेखि संसद्मा रहेको निजामती विधेयकलाई पारित गर्नुको सट्टा सरकारले फिर्ता लिएको छ।  

२०७५ माघ २७ मा संसद्मा पेस भएको विधेयक संसद्को राज्य व्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा पुगिसकेको थियो। पूर्वसचिव शारदाप्रसाद त्रितालले अध्यादेश ल्याउन यो विधेयक फिर्ता भएको भए योभन्दा दुर्भाग्य अरू हुन नसक्ने बताए। उनले दीर्घकालीन प्रभाव पार्ने ऐनलाई अध्यादेशबाट ल्याउन नहुने बताए। ‘यो ऐन सार्वजनिक प्रशासनको मियो हो,’ त्रितालले भने, ‘तीनवटै तहका सरकार यसको आधारमा सञ्चालन हुन्छन्। ‘यसलाई कुनै पनि हालतमा अध्यादेशबाट ल्याउनु हुँदैन।’   

राजनीतिक कलंक : पार्टी फुटाउनकै लागि अध्यादेश
देउवा सरकारले पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यायो। अध्यादेशको मुख्य ध्येय सबैभन्दा ठूलो दल नेकपा एमालेलाई विभाजन गर्नु थियो। एमालेमा असन्तुष्ट माधव नेपाल समूहलाई नयाँ पार्टी गठन गर्न २० प्रतिशत संसद्का सदस्यले नयाँ पार्टी खोल्न पाउने प्रावधान राखेर अध्यादेश जारी भएको थियो। त्यही प्रावधानमा टेकेर जसपा पनि फुट्यो।  पार्टीहरू फुटेपछि सरकारले अध्यादेश फिर्ता लियो। विगतमा राजनीतिक स्थिरता र बलियो सरकारका लागि संसद र दलको केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यले मात्र नयाँ पार्टी फुटाउन सक्ने प्रावधान राखेर ऐन ल्याइएको थियो। तर, देउवाले उक्त ऐनको धज्जी उडाउँदै अध्यादेश जारी गरे। एमाले फुटेपछि फिर्ता लिए। 

सत्ता गठबन्धनका लागि पार्टी फुटाउनु राजनीतिक अस्थिरता र विकृतिको पराकाष्टा भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।  २०५२ सालमा देउवा प्रधानमन्त्री भएकै बेला सांसद खरिद बिक्री लगायतका विकृति भएका थिए। देउवाकै कारण तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको आरोप देउवामाथि छ। यतिबेला पनि पुराना आक्षेप र दागलाई मेटाउनेभन्दा देउवाले विकृतिलाई निरन्तरता दिइरहेको कांग्रेसकै नेताहरूको आरोप छ।

संसद् कि रंगशाला : सभामुख एकपक्षीय
संसद् अधिवेशन चलिरहेको छ, तर सरकारले संसद्लाई बिजनेस नै दिन सकेको छैन। सभामुख अग्निप्रसाद सापकोटाको भूमिका माथि प्रश्न उठाउंदै एमालेले संसद् अवरोध गरिरहेको छ। संसदको अवरोध फुकाउनेतिर सरकारले फिटिक्कै पहल गरेको छैन।

संसद्को साझा नेता हो, सभामुख। तर, उनलाई गठबन्धनकै नेताको जस्तो भूमिकातिर अग्रसर गराइँदैछ। पूर्वसभामुख दमननाथ ढुंगाना प्रजातान्त्रिक परिवर्तनलाई अगाडि बढाउने प्रयास कुनै दल र नेताबाट नभएको बताउँछन्। ‘नीति नियम बनाउने र पास गर्ने ठाउँ नै संसद् हो, ढुंगानाले भने, ‘त्यही संसद्लाई चल्न नदिने कहाँको नीति हो ?’ अघिल्लो ओली सरकारले ल्याएका एसिड, यौन हिंसा,रेल्वेलगायत १६ वटा  महत्वपूर्ण अध्यादेशलाई संसद्बाट प्रतिस्थापन गर्नेतिर सरकारले पहल गरेन। सबै निष्क्रिय भए।   

कमेन्ट गर्नुहोस्