Tuesday, April 21 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

दलगत भागबन्डापछि गुटगत गलफती

दलगत भागबन्डापछि गुटगत गलफती

काठमाडौँ — सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष्टि छ । उक्त दलभित्र मन्त्रालय नथपिए सरकारमै नजाने कि भन्ने सवालसमेत उठेको छ । जसपामा भने आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न सकस भएको छ । 

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा लाने भएको छ । माओवादी स्थायी कमिटी सदस्य गणेश साहका अनुसार स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम प्रस्ताव गरेका थिए । मन्त्रीका लागि प्रस्ताव गरिएका नाममा केही नेताको असन्तुष्टि देखिएको छ । 

यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रले अब शिक्षा, भूमि व्यवस्था र खेलकुद मन्त्रालय पाउने गठबन्धनमा मोटामोटी सहमति भएको छ । अध्यक्ष दाहालले पार्टीमा अझै मन्त्रालय हेरफेर हुने सम्भावना रहेको ब्रिफिङ गरेकाले को कुन मन्त्रालयमा जाने भन्ने निर्णय भइसकेको छैन । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । ‘थप तीन मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएकाले नाम टुंगो लगाएका हौं । मन्त्रालय निर्धारण गर्न बाँकी छ,’ स्थायी कमिटी सदस्य साहले भने । 

बैठकमा गिरिराजमणि पोखरेलले वरिष्ठ नेताको हैसियतमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुन उपयुक्त हुने धारणा राखेका थिए । ‘उहाँको नेतृत्वमा पार्टी र सरकारबीच समन्वय सजिलो हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने । तर उनको प्रस्तावलाई दाहालले गम्भीरतापूर्वक लिएनन् । पछिल्लो समय दाहाल र श्रेष्ठबीच मतभेद देखिँदै आएको छ । 

श्रेष्ठ आफैंले पनि उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्न चाहेका थिए । बैठकमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि मन्त्री दाबी गरेका थिए । ‘पार्टीभित्रको काम र वरिष्ठताका आधारमा मेरो पनि चाहना छ । अघिल्लो पटक पनि लामो समय काम गर्न पाइनँ,’ गजुरेलले बैठकमा भनेका थिए । गजुरेल २०७२ मा कृषिमन्त्री बनेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठलाई मन्त्री बनाउन लागिएकामा केही नेता असन्तुष्ट देखिएका छन् । असहमति भए फरक मत राख्न सकिने दाहालले बताए पनि निर्णयमा फरक मत कसैले लेखेका छैनन् । दाहालले असार २९ मा पार्टीभित्र छलफलै नगरी जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीका लागि सिफारिस गरेका थिए । यसपटक भने दाहालले पार्टी बैठकमा औपचारिक निर्णय गराएर मन्त्रीको टुंगो लगाएका हुन् । 

सिफारिस भएकाहरू को–को हुन् ?

स्थायी कमिटी सदस्य पौडेल २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । उनी बागलुङ २ बाट निर्वाचित सांसद हुन् । २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रिय पौडेल माओवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै हाल स्थायी कमिटी सदस्य छन् । स्थायी कमिटी सदस्य भएर पनि हालसम्म मन्त्री नहुनेमा पौडेल मात्रै थिए । उनले विद्यार्थी संगठनबाट राजनीति गरेका थिए । बाँके १ बाट निर्वाचित सांसद गहतराज माओवादीको केन्द्रीय सदस्य हुन् । २०५१ सालबाट माओवादी राजनीतिमा सक्रिय उनी क्षेत्रीय ब्युरो प्रमुख तथा २०५७ सालपछि विभिन्न जिल्लाको इन्चार्ज भएका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य भएका गहतराज २०७३ सालमा केन्द्रीय सचिवालय सदस्य थिए । उनले पनि विद्यार्थी संगठनबाट राजनीति गरेका थिए ।

श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध श्रेष्ठ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । २०५५ सालमा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएकी उनी एकीकरणमार्फत २०६५ मा माओवादीमा आबद्ध भएकी थिइन् । श्रेष्ठ पोलिटब्युरो, सचिवालय सदस्य हुँदै हाल केन्द्रीय सदस्य छिन् । उनले लामो समय महिला संगठनमा काम गरेकी थिइन् । हाल समानुपातिक सांसद यादव माओवादीले सशस्त्र विद्रोह सुरु गर्नुअघि नै हत्या गरिएका रामवृक्ष यादवकी छोरी हुन् । २०४४ सालमा अखिल छैटौंमार्फत राजनीतिमा आबद्ध रहेकी यादव २०६८ मा एमाओवादीको केन्द्रीय सदस्य, २०७० मा पोलिटब्युरो सदस्य हुँदै केन्द्रीय सदस्य छिन् ।

पौडेल समूहको असन्तुष्टिले कांग्रेस अनिर्णीत

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुइटा मात्र मन्त्री दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । पौडेल समूहले ३ मन्त्रीको माग गर्दै आएको छ । सरकारमा पठाउने नामबारे छलफल गर्न बुधबार दिउँसो नेता रामशरण महतको निवासमा पौडेल समूहको बैठक बसेको थियो । कांग्रेसका भागमा ७ मन्त्रालय परेको हुँदा आफ्नो समूहले तीनवटा पाउनुपर्ने धारणा नेताहरूले राखेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतमको नाममाथि छलफल भएको थियो । यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको ती नेताले बताए । रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । सिंहले बुधबार साँझ देउवासँग छुट्टै भेटसमेत गरेका थिए । ‘हामीले तीन मन्त्री मागेका छौं, यसका लागि प्रधानमन्त्रीसँग कुरा पनि भइरहेको छ,’ ती नेताले भने ।

मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ शीर्ष नेताहरूले पनि छलफल गरेका थिए । उक्त बैठकमा समेत पौडेल समूहले प्रधानमन्त्रीसँग तीनवटा मन्त्रालयको माग राखेको थियो । ‘तर सबैतिर मिलाउनुपर्ने भएकाले दुईभन्दा बढी दिने सकिने अवस्था छैन,’ देउवानिकट सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘सम्भवतः मन्त्रिपरिषद् विस्तारअघि त्यही आधारमा उहाँहरूले नाम दिनुहुन्छ होला ।’ पौडेल समूहमा कोइराला र सिंहको समेत छुट्टै उपसमूह छन् । पार्टीको आसन्न महाधिवेशनमा तीनै जनाले सभापति पदमा दाबीसमेत गरिरहेका छन् । दुइटा मात्र मन्त्री पाउने भएपछि समूहभित्र सन्तुलन मिलाउन सकस भइरहेको एक नेताले बताए ।

कांग्रेसले प्रधानमन्त्रीबाहेक ७ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यसमध्ये गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुन–न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्यामा उमेश श्रेष्ठ (राज्यमन्त्री) नियुक्त भइसकेका छन् । चारै जना देउवा समूहका हुन् । प्रधानमन्त्री देउवाले बाँकी ४ मध्ये पौडेल समूहलाई दुई दिएर आफ्नो समूह र कृष्णप्रसाद सिटौला समूहलाई एक–एक वटा छुट्याएका छन् । सिटौला समूहले उमाकान्त चौधरीलाई पठाउने भएको छ । ‘हाम्रो समूहबाट सौहार्द रूपमा (उमाकान्त चौधरीको) नाम पठाइसकिएको छ,’ सिटौला समूहका एक नेताले भने ।

देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई पठाउन खोजेका छन् । देउवानिकट एक नेताले कांग्रेसबाट पठाउने नाम क्षेत्रीय र समावेशी हिसाबले सन्तुलित बनाउने प्रयास भइरहेको बताए । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । कानुन–न्याय तथा संसदीय मामिला मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि हाल उक्त मन्त्रालयको नेतृत्व गरिरहेका कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लाने मनस्थितिमा प्रधानमन्त्री देउवा रहेका उनीनिकट नेताले बताए ।

जसपामा आकांक्षी धेरै

गठबन्धनमा रहेको अर्को दल जसपामा आकांक्षी धेरै भएकाले मन्त्रीको नाम टुंग्याउन समस्या भएको छ । भागबन्डामा जसपाले चार मन्त्रालय पाएको छ । कार्यकारिणी समितिको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । राई काठमाडौंबाहिर भएका कारण बुधबार नाम टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । नेता मोहम्मद इस्तियाक राईले शीर्ष नेताले बिहीबार मन्त्रीको नाम टुंगो लगाउने जानकारी दिए ।

जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन् । सबै पार्टीबाट नाम सिफारिस भए प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । 

 

 

कमेन्ट गर्नुहोस्