Tuesday, April 21 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

एमाले विधान महाधिवेशन : ओलीलाई शक्तिशाली बनाउने मार्गचित्र

एमाले विधान महाधिवेशन : ओलीलाई शक्तिशाली बनाउने मार्गचित्र

गोदावरी, ललितपुर — एमालेले जारी विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीलाई अझ शक्तिशाली बनाउने भएको छ । आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनमार्फत ओलीलाई पुनः अध्यक्ष बनाउने, उनकै नेतृत्वमा पार्टीको शक्ति विस्तार गर्ने र आगामी निर्वाचनमार्फत ओलीलाई नै सत्ताको नेतृत्वमा पठाउने विधान महाधिवेशनको मार्गचित्र छ ।

नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम पार्टीबाट बाहिरिएकाले ओलीलाई चुनौती दिने नेता छैनन् । त्यसैले राष्ट्रिय महाधिवेशनबाट ओली फेरि अध्यक्ष हुने लगभग निश्चित रहेकाले पार्टीको शक्ति केन्द्रीकृत गर्ने नीति एमालेले लिने भएको छ । पार्टीभित्रका असन्तुष्टिलाई व्यवस्थापन गर्न नसक्दा नेकपा भंग, सरकारबाट बहिर्गमन र पार्टी विभाजनको सामना गरेका ओलीलाई पुनः पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न अनुकूल हुने गरी विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गरिएका छन् । सरकारबाट बाहिरिएको साढे दुई महिना र पार्टी विभाजनको झन्डै डेढ महिनापछि एमालेले देशभरका ६ हजारभन्दा धेरै नेता–कार्यकर्ता भेला गरेर विधान महाधिवेशनमार्फत पार्टीको मार्गचित्र तयार पार्न लागेको हो ।

विधानमा पार्टी अध्यक्षको नेतृत्वमा शक्तिशाली केन्द्रीय सचिवालय बनाउने प्रस्ताव छ । पोलिटब्युरो हटाउने र स्थायी कमिटीभन्दा पदाधिकारी समेटेर केन्द्रीय सचिवालय बनाउन प्रस्ताव गरिएको हो । यो संरचनाअनुसार दसौं महाधिवेशनमा पुनः अध्यक्ष भए ओली शक्तिशाली हुनेछन् । महाधिवेशनबाट अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ सचिव तथा २ सय १२ जना केन्द्रीय सदस्यसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । उपमहासचिव पद हटाउने प्रस्ताव छ । संरचना फेरबदलको प्रस्तावप्रति असन्तुष्ट एमालेका एक नेताले भने ओलीले संगठनमा कब्जा गरेको प्रतिक्रिया दिए । ‘माधव नेपाललाई बाहिर पठाएर केपी ओलीले काम पूरा गरिसकेका छन्, अब संगठनमा उनको कमान्ड भयो,’ उनले भने, ‘ओलीले हिटलर शैलीमा पपुलराइज गरेका छन् । उपमहासचिव पद राख्दा फरक मत राख्ने नेता आउने डर भएकाले हटाएको छ । पोलिटब्युरोको पनि डर भयो ।’

एमालेले कार्यकारी पदमा निर्वाचित हुन ७० वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान विधानमा प्रस्ताव गरेको छ । यो प्रस्तावले तत्काल अध्यक्ष ओलीलाई फाइदा पुग्छ भने दोस्रो तहका अधिकांश नेता अर्को महाधिवेशनपछि कार्यकारी पदमा जान पाउने छैनन् ।

विभाजनबाट शक्ति गुमाएको एमालेले विधान महाधिवेशमार्फत पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन खोजेको सन्देश दिन चाहेको छ । विधान महाधिवेशनमा पार्टीका नीति, विधि, विधान निर्माणमा केन्द्रित रहेर छलफल गर्ने र त्यसबाट पार्टीलाई एकताबद्ध गर्ने एमालेको उद्देश्य छ । एमालेले अध्यक्ष ओलीलाई भने राजनीतिक ‘नायक’ बनाउन खोजेको देखिन्छ । उनलाई विकल्पविहीन नेताका रूपमा अघि सार्ने तयारी छ । विधान महाधिवेशनमा ओली प्रधानमन्त्री हुँदा भएका कामको वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो ।

एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमार्फत अन्य राजनीतिक शक्ति, संवैधानिक आयोग र अन्तर्राष्ट्रिय शक्तिमाथि प्रहार गरेका छन् । ओलीले नेकपा भंग, प्रतिनिधिसभा विघटन, एमाले विभाजन र आफ्नो सरकारबाट बहिर्गमनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र संवैधानिक निकायलाई जिम्मेवार ठहराएका छन् । एमाले विभाजनमा सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकामाथि मुख्य प्रश्न उठाइएको छ । ओलीले आफ्नो कार्यकालको कमजोरीको समीक्षा गरेका छैनन् । एमालेका एक नेताले विपक्षीमाथि प्रहार शक्ति सञ्चय गर्ने रणनीतिको एउटा हिस्सा रहेको बताए । ‘तर यो शैलीले ब्याक फायरको खतरा पनि हुन्छ,’ उनले भने ।

अन्य पार्टीसँगको सम्बन्ध तय गर्ने, पूर्वमाओवादीलाई विश्वासमा लिने र एकीकृत समाजवादीमा नेता–कार्यकर्तालाई विश्वासमा लिएर शक्ति आर्जन गर्ने एमालेको योजना छ । तर पार्टीभित्रै दसबुँदे सहमति गरेका नेताहरूका असन्तुष्टि सम्बोधनमा ओली अनिच्छुक देखिएका छन् । शक्ति आर्जनको आधारबारे ओलीले प्रतिवेदनमा लेखेका छन्, ‘एमालेको संगठनात्मक र भावनात्मक एकता यसको सफलताको मुख्य आधार हो । यद्यपि यो पार्टी एकीकरणको निरन्तरता र नेकपाको विरासत बोकेको पार्टी हो । पार्टी एकताको पक्षमा रहनुभएका माओवादी केन्द्रका प्रभावशाली नेताहरूसमेत आबद्ध एमाले आज नयाँ स्वरूपमा पुनःस्थापित हुँदै अगाडि बढेको छ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने प्रयास भोलि पनि जारी रहनेछ ।’

एमालेमा विगतमा समूहगत प्रतिस्पर्धा हुने गरेकामा प्रस्तावित विधानले व्यक्तिगत प्रतिस्पर्धालाई मात्र खुला गरेको छ । विधान संशोधन प्रस्ताव हुबहु पारित भए राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका प्रत्याशी व्यक्तिगत रूपमा मैदानमा हुनेछन् । आठौं र नवौं महाधिवेशनमा समूहगत प्रतिस्पर्धा भएको थियो । ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था ओलीलाई दसौं महाधिवेशनबाट पनि अध्यक्ष बनाउने र अधिकार सम्पन्न पार्ने रणनीति देखिन्छ,’ एमालेका एक स्थायी कमिटी सदस्यले भने । ओली आफैंले पुनः अध्यक्ष हुने औपचारिक घोषणा गरेका छैनन् तर संकेत दिएका छन् । उनीनिकट नेता शंकर पोखरेलले दोस्रो कार्यकालका लागि ओली नै अध्यक्ष हुने बताइसकेका छन् ।

विधान महाधिवेशनलाई एमालले आगामी चुनावको ‘वार्म अप’ का रूपमा लिएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो । एमाले अदालतको निर्णयप्रति असन्तुष्ट छ । प्रतिनिधिसभाको कार्यकाल पूरा गर्न नदिने र राजनीतिक शक्ति सन्तुलन बदलेर मुलुकलाई सकेसम्म ‘अर्ली इलेक्सन’ मा लैजाने एमालेको रणनीति छ । त्यही रणनीतिअन्तर्गत ओलीले सरकारको नेतृत्व गरेको कांग्रेसका नेताहरूसँगको संवादमा पनि अर्ली इलेक्सनको प्रस्ताव गरेका छन् । अर्ली इलेक्सन नभए पनि आगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउन विधान महाधिवेशनबाट निर्देशन दिने तयारी छ ।

‘हाम्रो शक्तिलाई एकताबद्ध रूपमा परिचालन गर्ने र हाम्रो नेतृत्वको सरकारले गरेका राम्रा काम जनताका बीचमा लगेर स्थापित गर्ने हो भने आउने चुनाव हाम्रा लागि अनुकूलतामा परिणत हुने प्रबल सम्भावना छ,’ महासचिव ईश्वर पोखरेलले पेस गरेको संगठनात्मक प्रस्तावमा भनिएको छ– ‘समयमै चुनाव गर्दा चैत–वैशाखमा स्थानीय चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । समयका हिसाबले त्यसको ६ महिनाभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने हुन्छ । पार्टीको राजनीतिक कार्यदिशालाई सफल बनाउन आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी हाम्रो पार्टीले बहुमत हासिल गर्नु आवश्यक छ । त्यसका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ ।’

विधान महाधिवेशन पुनर्जागरण अभियान भएकाले यसले पार्टीलाई पुनर्जागृत गर्ने एमालेको विश्वास छ । पार्टी पुनर्जागृत भए नेकपाकालीन द्वन्द्व र अन्तर्विरोध हल हुने र त्यसको बलमा चुनावमा अनुकूल नतिजा ल्याएर संघ, प्रदेश र स्थानीय सरकारमा एमालेले पुनरागमन गर्ने नेताहरूको दाबी छ । ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा चुनावमा फेरि पनि अगाडि सार्ने एमालेको तयारी छ । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद सहभागी छन् ।

पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ–संगठनहरूबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य सहभागी छन् । ‘यी सबैलाई अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने गरी अगाडि बढाउनुपर्नेछ । यसका लागि मानसिक रूपमा तयार पारेर पठाउन चाहन्छौं,’ एक स्थायी कमिटी सदस्यले भने ।

छलफलका लागि १० समूह

एमालेको विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिबार बिहान ८ बजेबाट दस्तावेजहरूमाथि समूहगत छलफल हुनेछ । यसबाहेक विधान महाधिवेशन सञ्चालनका लागि ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन गरिएको छ । त्यसको सदस्यमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन् ।

प्रस्ताव मस्यौदा कमिटीमा भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी छन् । महाधिवेशन प्रतिनिधिबाट आएका सुझाव अध्ययन कमिटीमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र शिवमाया तुम्बाहाम्फे छन् ।

बहस नोट कमिटीमा मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापामगर छन् । प्रचार समन्वय कमिटीमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा छन् । एमालेको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि रहेको भट्टराईले जानकारी दिए ।

यस्तै, उपमहासचिव पौडेलले पेस गरेको बाधा अड्काउफुकाउने प्रस्ताव पारित भइसकेको छ । पौडेलले पार्टी विधानको धारा १५ (क) र धारा १९ (क) मा उल्लेखित व्यवस्थालाई खारेज गर्दै विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिसम्बन्धी व्यवस्था गरेको बाधा अड्काउफुकाउ प्रस्ताव पेस गरेका थिए ।

कमेन्ट गर्नुहोस्