काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गुटबन्दीले नेकपा एमाले कमजोर हुँदै गएको बताएकी छन् । बिहीबार काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा उपाध्यक्ष शाक्यले एमाले रुपान्तरित हुन जरुरी रहेको बताएकी हुन् ।शाक्यले भनिन्,' एमाले रुपान्तरित हुन जरुरी छ, हुने कि नहुने ?’
उनले सिंगो नेकपा एमाले सुदृढ गर्न समीक्षा गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी गुटबन्दीको सिकार भयौं । त्यसको अन्त्य गरौं ।’ त्याग र बलिदानको फल हो एमाले । जनजन र मनमनमा एमाले छ । फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ । उनले माधव नेपाललाई फर्केर पार्टीमा आउन आव्हान गरिन्। उनले भनिन् ,' माधव नेपाल कमरेड आन्दोलनमा होइन, फर्किनुहोस्। तपाईंको पनि पार्टीमा ठूलो योगदान छ।
कमेन्ट गर्नुहोस्