काठमाडौं, भदौ २२ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विषयदेखि वर्तमान समसामयिक राजनीतिक परिस्थितीका सम्बन्धमा धारणा व्यक्त गर्दै जस्तोसुकै गठबन्धन आए पनि एमाले पार्टी एक्लै निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा एमालेले दुईतिहाई वा अत्याधिक बहुमत ल्याउने दाबी समेत गर्नुभएको छ ।
मंगलबार कास्की जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै एमाले अध्यक्ष ओलीले आगामी निर्वाचन, एमाले पार्टीको आन्तरिक जीवन र समसामयिक विषयमा यसखाले विचार व्यक्त गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको काँधमा अहिले अत्यन्तै गम्भीर जिम्मेवारी आएको बताउनुहुँदै अध्यक्ष ओलीले आगामी सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्नुपर्ने तर्फ पार्टीपंक्तिमा ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको अहिलेसम्म एउटा पनि काम गर्न नसकेको आरोप लागउनुभयो । सरकारले अहिलेसम्म विगतमा जिम्मेवारीमा रहेका मानिसहरुलाई निष्काशन गर्ने र आफ्ना मान्छेहरु राख्ने काम गरेको छ, अब हामी यस ढंगबाट अघि बढ्दैनौं, ओलीले बताउनुभएको छ ।
एमालेले छिट्टै नै सामाजिक सेवा केन्द्र बनाउने र आपतमा परेका आमनागरिकको निःशुल्क सेवा दिने अध्यक्ष ओलीले बताउनुभएको छ । राजनीतिक पार्टीले पनि यस्तो काम गरेको छ, विदेशबाट कुनै सहयोग नलिई आफ्नै खल्तिबाट आर्थिक सहयोग गररेर यसखाले स्वयम् सेवा गर्नेछ, उहाँले बताउनुभयाे । यसैक्रममा विगतकाे भूकम्पको समयमा करीब २७ हजार घर एमालेका स्वय्सेवकहरुल बनाएको पनि उहाँले स्मरण गर्नुभयो ।
एमाले पार्टीको आन्तरिक जीवनको बारेमा पनि बोल्नुहुदै उहाँले पार्टी एकता चाहनेहरु आज सबै एकै ठाउँमा उभिएको बताउनुभयो । पार्टी फुटाएर प्रतिक्रियावादी शक्तिहरुलाई सघाउने कित्ता र एमाले एकता बचाइराख्ने कित्ता अहिले अलग–अलग भएको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्