काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई शुक्रबार बेलुकादेखि ज्वरो आएको हो।
ओली बालकोटस्थित निवासमै आराम गरिरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए। ‘उहाँलाई हल्का ज्वरो आएको छ।’ उनले अन्नपूर्णसँग भने,‘अस्वस्थ भएकाले राजनीतिक भेटघाट र कार्यक्रममा केहि दिन सहभागी हुनुहुन्न ।’ बजगाईंका अनुसार ओली अस्वस्थ भएपछि सघन प्रकृतिका भेटघाटसमेत बन्द गरिएको छ।
कमेन्ट गर्नुहोस्