विराटगनर, भदौ १६ गते । प्रदेश १ मा नेकपा एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी)मा जाने दश जना प्रदेशसभा सांसदहरु सनाखत गर्नुभएको । शुरूमा परिचयपत्र बनाउने समय लागेकाले सात जनाले सनाखत गर्नु भएकाे थियाे । अहिले उहाँहरूले पनि सनाखत गर्नु भएकाे छ।
तीन दिनदेखि सुनसरीको धरानस्थित निर्माणा कन्ट्री क्लबमा सामुहिक रुपमा बस्दै आउनुभएका सांसदहरु केही बेर अघि निर्वाचन कार्यालयमा पुग्नु भएको थियो ।
समाजवादी रोज्ने तयारीमा १० जना सांसदहरु सामुहिकरुपमा बसेको भए पनि आज नौ जनाले मात्र नयाँ दल रोज्ने बताइएको छ । एकजना सांसदले भने अझैपनि नयाँ दल रोज्ने कि नरोज्ने भन्ने निर्णय नगरिसकेको बताइएको छ ।
मंगलबारनै नयाँ दल रोज्न औपचारिक निवेदन दिने तयारी गरेका सांसदहरु प्रदेश १ का तीन जिल्लामा सार्वजनिक बिदा परेका कारण रोकिनु परेको थियो ।
कमेन्ट गर्नुहोस्