काठमाडौं, भदौ १४ गते । सत्तारुढ गठबन्धनको दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तारका लागि छलफल भए पछि यी विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि स्थायी कमिटीको बैठक बसेको जनाइएको छ ।
नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङका अनुसार आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि कुनै विषयमा निर्णय हुन सकेको छैन ।
बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।
कमेन्ट गर्नुहोस्