काठमाडौँ — श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भिड लागेको छ । जन्माष्टमीका दिन कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ । यस वर्ष भने कोरोना संक्रमणका कारण मन्दिरमा सर्वसाधारणलाई प्रवेश नदिइने र नियमित पूजाविधि मात्र गरिने जनाइएको छ ।
श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले गौरा पर्वप्रति पनि शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना व्यक्त
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा हामी बहुभाषा र संस्कृतिले जोडिएका छौँ भन्दै दुवै पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
कमेन्ट गर्नुहोस्