काठमाडौं, भदौ ७ गते । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट भएको छ । नेता चौथाइवाले अध्यक्ष ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।
सोमबार विहान भएको भेटमा दुई देशबीचको सम्बन्ध सुधार तथा आपसी सहकार्यका विषयमा छलफल भएको नेता चौथाईवालाले सामाजिक सञ्जाल ट्वीटमार्फत् सार्वजनिक गर्नुभएको छ । त्यस्तै, अध्यक्ष ओलीका सचिवालयका सदस्य इन्द्र भण्डारीकाअनुसार अध्यक्ष ओलीसँग आज विहान बालकोटमा भारतीय नेता चौथाइवालेले भेट गर्नुभएको हो ।
नेपाली काँग्रेसकाको आमन्त्रणमा नेपाल आउनुभएका नेता चौथाइवालेले केही दिनयता नेपालका शीर्ष नेताहरुसँग भेटघाटलाई तीव्रता दिनुभएको छ । हिजो बेलुका चौथाइवालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । नेपाल बसाईको क्रममा उहाँले अन्य नेताहरुसँग पनि भेटघाट गर्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्