काठमाडौं, भदौ २ गते । नेकपा एमालेको माधवकुमार नेपाल समूहको बैठक बानेश्वरमा जारी छ ।
मावधकुमार नेपाल समूहका सांसद निरादेवी जैरुले नेपालसहित १४ जना अवैधानिक तरिकाले अध्यक्ष केपी शर्मा ओलीले वैधानिकता देखाएर गरेको कारबाहीको विषयमा छलफल भइरहेको बताउनुभयो ।
बैठक नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी रहेको सांसद जैरुले जानकारी दिनुभयो । उहाँले २०७१ असार ३१ गते नवौं महाधिवेशन गरेको एमाले आज वैधानिक नरहेको बताउनुभयो ।
‘निर्वाचन आयोगले बीचको नेकपाको एकता मान्दैन, या अधिवेशन गरेको हुनुपर्छ,’ उहाँले भन्नुभयो,‘होइन भने सात वर्षलाई जोड्नुहुन्छ भने नेकपा एमाले आज अवैधानिक भइसकेको छ । यस हिसाबले केपी शर्मा ओली पनि अवैधानिक हुनुभएको छ ।’
उहाँले अब कम्युनिष्ट पार्टी बचाउन नयाँ तरिकाबाट अगाडि बढ्ने बताउनुभयो ।
मङ्गलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । ओली समूहले नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको थियो भने निर्वाचन आयोगमा समेत यस विषयमा जानकारी गराइएको थियो ।
कमेन्ट गर्नुहोस्