काठमाडौं : कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटावार्ताका क्रममा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
कमेन्ट गर्नुहोस्