काठमाडौं, साउन १८ गते । गठबन्धन दलका तीन दलका नेताहरुबीच बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी रहनुभएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार समसामयिक राजनीतिक विषय तथा मन्त्रिपरिषद विस्तारको गृहकार्यका लागि प्रमुख तीन दलका नेता छलफलमा जुट्नुभएको हो । यसअघिसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गठबन्धन दलको भए पनि सो पक्ष सरकारमा नजाने बताएपछि प्रमुख तीन दलबीच मन्त्रिपरिषद विस्तारको गृहकार्यमा जुट्नुभएको बताइएकाे छ । त्यस्तै, सरकारलाई सुझाव दिनेगरी गठन भएको कार्यदलको बैठक पनि आज बसेको थियो ।
कमेन्ट गर्नुहोस्