प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक पार्टी विवाद समाधानका लागि गठित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ । कोटेश्ववरस्थित वरिष्ठ नेता नेपालको निजी निवासमा एमाले संस्थापन पक्षका नेता नेम्वाङले पार्टी एकताका सम्बन्धमा छलफल गर्न भेट गरिएकाे बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका पक्षबाट भेट गर्न पुग्नुभएको नेता नेम्वाङले संसद विघटन एवम् सरकार गठनका विषयमा सर्वोच्च अदालतले फैसला दिइसकेको अवस्थामा गठबन्धनका तर्फबाट नेपाल पक्षले सहभागी जनाउँदै आउनुभएको विषय पनि नेता नेपालसँग राख्नुभएको छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार पुनर्ठनका विषयमा नेता नेपालले खासै चासो नदिइएको छलफलको निष्कर्ष छ ।
एमाले कार्यदलले पार्टी एकताका लागि दश बुँदे सहमति गरिसकेको अवस्थामा नेता नेपाल पार्टी एकताको सहमतिकै पक्षमा रहनुभएको नेता नेम्वाङले बताउनुभयो । पार्टी एकताका लागि नेता नेपालले अझै प्रयास र छलफल गर्न चाहनुभएको नेता नेम्वाङले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभएको छ ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट एवम् छलफल गर्नु अघि नेता नेम्वाङ र नेता विष्णु पाैडेलसँग भेट गर्न चाहनुभएकाे श्राेतले जनाएको छ । यसै क्रममा एमाले नेता नेम्वाङले नेपालसँग भेट गर्नुभएको हाे
कमेन्ट गर्नुहोस्