काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीचको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो।
यस्तै सरकार सञ्चालन सम्बन्धी कार्यदल गठनबारे समेत छलफल भएको बताइएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको माओवादी केन्द्र पनि सरकारमा सहभागी छ । जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा सहभागी बनेको हो । तर गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीको विवाद सल्टिएसँगै उक्त पार्टी पनि सरकारमा सहभागी हुने तयारीमा छ । सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरु छिट्टै सरकारमा सहभागी हुने बताएका थिए ।
कमेन्ट गर्नुहोस्