काठमाडौं, साउन १० गते । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले यस जसपा विवादमा अघि गरेकाे केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने निर्णयविरुद्ध दायर गरेको रिटबारे छलफल गर्न सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाएको छ ।
आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले साउन १५ गते दुवै पक्षलाई बोलाएको सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।२०७७ असार २४ गते निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो । पछिल्लो समय जसपा आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ । जसपाका आधिकारिकता निरुपण गर्न निर्वाचन आयोगले गत बिहीबार ‘केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने देखिएको’ भन्दै साउन ११ गते बिहान ११ बजे आयोग उपस्थित हुन भनेको थियो ।
निर्वाचनले कार्यकारिणी समितिका सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनेपछि अध्यक्ष ठाकुर पक्षले सर्वोच्च अदातल पुगेका थिए । ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष उपेन्द्र यादवलाई विपक्षी बनाएर साउन ८ गते सर्वोच्चमा रिट दायर गरेको गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्