काठमाडौं, साउन ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । बुधबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग जसपा अध्यक्ष ठाकुरले कुराकानी गर्नुभएको प्रम देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच जसपाले उठाउँदै आएका मागलगायतका विषयमा छलफल भएको थियो । अध्यक्ष ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका विषय उठाउँदै आएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवालाई ठाकुर पक्षले विश्वासको मत दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्