काठमाडौं, साउन ६ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिउनुभयो ।
बैठकमा पार्टीको संगठनात्मकलगायत सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र समसामायीक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक गुरुङले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएकोले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुबारे पनि निर्णय हुने उहाँले बताउनुभयो ।
अहिले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रबाट दुई जना मात्रै मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस्