काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने एमाले सांसदहरु छलफलमा जुटेका छन् ।
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट सांसदहरुलाई मंगलबार दिउँसो छलफलका लागि बोलाएका हुन् । नेता नेपाल निकट स्रोतका अनुसार देउवालाई विश्वासको मत दिने २२ सांसदमध्ये काठमाडौँमा उपलब्ध सांसदहरु मंगलबार छलफलमा बसेका हुन् ।
गत साउन ३ गते संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । मंगलबारको बैठकमा अध्यक्ष केपी ओलीले चाल्न सक्ने कदम तथा सरकारसँग सहकार्यबारे कसरी अगाडि बढ्ने बारे छलफल केन्द्रित रहेको नेपाल निकट एक सांसदले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्