काठमाडौं, असार ३१ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (विप्लप) समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लप’ एमाले नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्तामा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।
पछिल्लो समय सर्वोच्च अदालतले दोस्रो पटक गत जेठ ८ गते विघटित प्रतिनिधिसभा असार २८ गते पुर्नस्थापित गरेसँगै असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिद्धारा पदभार एवम् गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
यससँगै प्रधानमन्त्री देउवा सरकारको मन्त्रीमण्डलमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री र पम्फा भुषाललाई ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीको जिम्मेवारी दिइसकेको छ । यो अवस्थामा प्रधानमन्त्री देउवाले आगामी प्रतिनिधिसभा संविधानको व्यवस्था अनुसार संसदमा विश्वासको मत लिनुपर्नेछ । यही अवस्थामा शीर्ष राजनीतिक दल तथा नेताहरुबीचमा भेट एवम् छलफल तीव्र छ ।
कमेन्ट गर्नुहोस्