कठमाडौं, असार २९ गते । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौ जिल्लामा चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोनसनको खोप लगाउन खोप केन्द्र तोकेको छ । भेराेसेल खाेप यही असार २९ गतेदेिख साउन २ गतेसम्म र जाेन्सन एण्ड जाेनसनकाे खाेप साउन ४ देखि ६ गते सम्म ताेकिएका केन्द्रहरूबाटै लगाइने भएकाे छ।
भेरोसेल खोप ५५ वर्षमाथिका सबै विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी तथा सार्वजनिक यातायातका कर्मचारीलाई प्रथामिकतामा राखेर दिइने भएको छ । सो खोप लागाउन मङ्गलबारबाटै सुरू गरिएकाे स्वास्थय सेवा विभागले जनाएको छ ।
त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन बाँकी र खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने भएको छ।
खाेप लगाउने केन्द्रहरू

कमेन्ट गर्नुहोस्