सुर्खेत, जेठ २३ गते । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली काँग्रेसलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।
नेपाली काँग्रेसको तर्फबाट सरकारमा दुई जना मन्त्री थपिएका हुन । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । उहाँहरुको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो दुई बजे गर्ने तयारी छ ।
एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसले विश्वासको मत दिएको थियो । साथै एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । फ्लोर क्रस गर्ने चारमध्ये तीन जना अहिले सरकारमा मन्त्री छन् । काँग्रेस सुरुमा सरकारमा नगए पनि लामो छलफलपछि सरकारमा जाने निर्णय गरेको हो ।
कमेन्ट गर्नुहोस्