Saturday, April 18 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’

वातावरण विनाशका कारक छन् ‘मानवीय व्यवहार’

काठमाडौँ, जेठ  २२ गते । काठमाडौँको वाग्मती नदीलाई नालाका रुपमा प्रयोग गरी घरबाट निस्किएको फोहर पानी सिधै हाल्ने क्रम अहिले पनि जारी छ । यहाँको पानी सफा गर्ने वर्षाै देखिको प्रयास सफल हुन सकिरहेको छैन ।        
 पानीको उपचार (प्रशोधन) नगरी फ्याँक्दा वाग्मती मरेको नदीका रुपमा परिणत भएको भन्नुहुन्छ जलस्रोत व्यवस्थावनका विज्ञ डा दिवसबहादुर बस्नेत । यहाँ भइरहेको सरसफाइ अभियानको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “वाग्मती सफा गर्न त थालियो तर फोहोर फाल्नु हुँदैन भन्ने अभियान चल्न सकेन ।”     
  त्यसका कारण सफाइ गर्न थालिएको सयौँ हप्ता बितिसक्दा सामान्यबाहेक वाग्मतीको पानीमा सुधार आउन सकेको छैन । वास्तवमा भन्ने हो भने वातावरणमा असर परिरहेको छ भन्ने जानेर पनि मानिसमा व्यवहार परिवर्तन नआउँदा समस्या यथावत छ । वातावरण विरुद्धको यो त एउटा सानो तथ्य हो । मुलुकको पारिस्थितिकीय प्रणालीमा कति नकारात्मक प्रभाव परिरहेको छ भन्ने कुरा उक्त तथ्यले उजागर गर्छ ।     
     
 गिट्टी–बालुवा उत्खननका कारण मुलुकका चुरे पहाड ढलेर बगरमा परिणत भइरहेका छन् । मलिला जमीन कङ्क्रिटमा परिणत छ । उर्वर भूमि सङ्कटमा परिरहेको छ । पानीका मुहार र स्रोत सुक्दैछ । अधिक र न्यून वर्षाका कारण कतै अनावृष्टि तर कतै अति वृष्टि छ । जथाभावी वन विनाश भइरहेको र विकास निर्माणका काम योजनाविहीन हुँदा बाढीपहिराका प्रकोपले बर्षेनि ठूलो जनधनको क्षति भइरहेको छ । यी सब हुनुमा मानव नै प्रमुख कारण भएको वातावरणविद्को ठम्याइ छ ।     
     
 विश्व वातावरण दिवसको आजको सन्दर्भ जोड्दै डा बस्नेत हिमाल, पहाड र तराईका पारिस्थितिकीय प्रणालीका आ–आफ्नै महत्व रहेको र त्यसलाई बचाइराख्नु आजका लागि चुनौतीको विषय भइरहेको बताउनुहुन्छ ।     
     
 प्राकृतिक स्रोत साधन मानव जीवनका लागि अमूल्य सम्पत्ति हो । त्यसैकारण पृथ्वीमा मानवीय अस्तित्व बाँकी छ । त्यसैले यसलाई जोगाइराख्नु मानवको पहिलो कर्तव्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा दिनेशराज भुजु प्राकृतिक पारिस्थितिकीय प्रणालीको विकल्प बनाउनै नसकिने बताउनुहुन्छ । “प्रकृतिलाई चुनौती दिन, नक्कल गर्न असम्भव छ, हामीले वातावरणलाई बचाइराख्नुपर्छ”, डा भुजुले भन्नुभयो ।     
  विज्ञका अनुसार गाँस, बास र कपासका लागि स्रोतको सदुपयोग गर्दा यसबाट हुने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भन्ने सन्दर्भ भुल्न हुन्न । “त्यसका लागि योग्य व्यवस्थापन जरुरी छ, जल, जमीन र जैविक प्रणालीको उचित एकीकृत व्यवस्थापन अबको आवश्यकता हो”, डा बस्नेतले थप्नुभयो ।     
 खोलामा बाँध लगाएर मात्रै नहुने त्यसका लागि खोलाको पनि उचित निकासको व्यवस्थापन हुनुपर्छ । एकीकृत योजनाबाट नै त्यो सम्भव रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा विपद् आउनुमा पनि कतिपय मानवीय कारण जोडिएको छ । जथाभावी सडक निर्माण गर्ने, प्राकृतिक स्रोतको दोहोन गर्ने काम मानिसबाटै भएको छ । डा बस्नेत त्यस्ता विपद् रोक्न प्रकृतिमा आधारित उपाय अपनाउ जरुरी रहेको बताउनुहुन्छ ।     
  मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंह विश्वकै वातावरण र पारिस्थितिकीय प्रणाली कमजोर भइरहेको र वातावरणमा असर बढ्दो रहेको भन्दै चिन्ता प्रकट गर्नुहुन्छ । मानव बाँचिरहने प्रणाली शुद्ध भएन भने मानव अस्तित्व नै खतरा पर्ने उहाँको भनाइ छ । “बढ्दो वातारवणीय असरलाई कम गर्दै प्राकृतिक स्रोत साधनलाई पुरानै अवस्थामा कसरी फर्काउने भन्ने कुरा महत्वपूर्ण विषय हो”, डा सिंहले भन्नुहुन्छ ।     
     
 उहाँका अनुसार पृथ्वीमाथि हामीले विजय प्राप्त गर्नुअघि त्यो सम्भव छ कि छैन भनेर सोच्नुपर्छ । पृथ्वीलाई बचाउने कसरी ? अनि हामी कसरी बाँच्ने भन्ने कुरामा एकीकृत योजना आवश्यक छ । कर्णालीको प्राकृतिक स्रोतलाई मुलुककै ‘भर्जिनल्यान्ड’का रुपमा परिभाषित गर्ने डा सिंह मनोविज्ञानलाई प्राकृतिकसँग जोडेर धेरै अनुसन्धान अघि बढाउन सके वातावरण संरक्षणमा सकारात्मक परिणाम आउने आशा गर्नुहुन्छ ।     
     
 उहाँ प्रकृति जोगाउन मानवीय व्यवहारमा समेत परिवर्तन आउनुपर्नेमा जोड दिनुहुन्छ । “पृथ्वी बचाउनतर्फ लागौँ, पारिस्थितिकीय प्रणालीलाई कमजोर बनाउनबाट रोकौँ, त्यसका लागि मानवीय व्यवहार परिवर्तन गर्दै जानुपर्छ”, उहाँले भन्नुभयो ।     
     
 मनोविज्ञानकी प्राध्यापक नेपाल मनोवैज्ञानिक सङ्घकी अध्यक्ष उषाकिरण सुब्बा बढ्दो जनसङ्ख्यासँगै पर्यावरणमाथि चाप परिरहेको सन्दर्भमा प्राकृतिक स्रोतको स्तर बढाउनतर्फ लाग्नुपर्ने बताउनुहुन्छ । नत्र त्यसले मानिसको जीवन संरचना नै प्रभावित पार्ने उहाँको बुझाइ छ । वातावरण जोगाउन मानिसले व्यवहार परिवर्तन गर्नैपर्नेमा उहाँको पनि जोड छ ।     
   “पर्यावरण परिवर्तन र प्राकृतिक प्रकोप लगायतले मानिसमा प्रतिकूल असर पार्दा भविष्यप्रति निरासा, मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ, त्यससँग जुध्न मनोवैज्ञानिक सहयोगको आवश्यकता हुन्छ”, सुब्बाले भन्नुभयो, “पर्यावरण पुनस्र्थापन गर्न मनोविज्ञान र वातावरण विज्ञानलाई जोडेर अघि बढ्नुपर्छ ।”     
 पूर्वमन्त्री एवं इन्जिनीयर डा गणेश शाहले विकासले विनाश गर्दा प्राकृतिक असन्तुलन बढिरहेकातर्फ सचेत गराउँदै वातावरण जोगाउन पनि मानसिक अवस्था र मानवीय व्यवहार परिवर्तन जरुरी रहेको औँलयाउनुभयो । कानून तर्जुमा गरिरहे पनि विकासभन्दा विनाश बढी हुँदा खतरा कायमै रहेको उहाँको तर्क छ ।     
  त्रिभुवन विश्वविद्यालयका प्राडा नन्दिता शर्मा वातावरण र व्यक्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले हामी मात्र बाँचेर हुन्न आउने पुस्ता पनि बाँच्नुपर्छ भन्ने सोचको विकास गर्नु आजको आवश्यकता औँल्याउनुहुन्छ ।     
     
 विश्व विातावरण दिवसका सन्दर्भमा आज नेपाल मनोवैज्ञानिक सङ्घले वातावराण र मनोविज्ञानलाई जोड्ने प्रयत्नस्वरुप भर्चुअलका माध्यमबाट विज्ञबीच गराएको अन्तरक्रियामा विज्ञले सोचमा परिवर्तनको खाँचो औँल्याउनुभएको छ ।     
  सङ्घका उपाध्यक्ष मनोविद् डा नरेन्दसिंह ठगुन्ना मनोविज्ञानलाई वातावरणसँग कसरी जोड्न सकिन्छ एउटा प्रयास गरिएको जनाउँदै आगामी दिनमा वातावरण संरक्षण र विकाससँग मनोविज्ञानलाई जोड्नका लागि यो शुरुआत हुने बताउनुभयो । उहाँले मनोविज्ञान र वातारणलाई एकीकृत गरी मानवीय जीवनसँग जोड्ने विषयमा काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।     
   सन् १९७२ मा शुरु भएको वातावरण संरक्षणको सोचको उपलब्धिस्वरुप सन् १९७४ देखि विश्व वातावरण दिवस मनाउन थालिएको हो । यसपालिको नारा ‘पारिस्थितिकीय प्रणालीको पुनःस्थापना’ भन्ने छ । विश्वभर नै सन् २०२१ देखि ३१ को एक दशकलाई वातावरण पुनःस्थापन दशककै रुपमा मनाइँदैछ ।    

कमेन्ट गर्नुहोस्