काठमाडौं, जेठ २० गते । नेकपा एमालेले पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको बैठक बोलाएकोप्रति गम्भिर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
बिहीबार एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले प्रेस वक्तव्य जारी गर्दै अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने वैधानिक व्यवस्था विपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएकाे सुन्नमा आएको र त्यस्तो क्रियाकलापको निन्दा एवम् भत्र्सना गरिएको उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्