काठमाडौं, जेठ १३ गते । जिल्ला प्रशासन कार्यलय काठमाडौंले खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने जनाएको छ ।
प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द– ९८५१३२०३१४, विभागीय प्रमुख भिमबहादुर थापा– ९८५११३६७८५, प्रादेशिक प्रमुख र थापाथली ज्ञानु थापा– ९८५११२७८८ को नम्बर उपलब्ध गराएको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ– ९८५१०२२५६४,नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी– ९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजाल– ९८५१११३६६० र अधिकृत प्रज्वल प्रधान– ९८४१३३२९९०, ९८१३२७२५६३ को नम्बर प्रशासनले उपलब्ध राएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि किराना पसल खोल्न नपाइने भएको प्रशासनले बिहीबार एक सूचना सार्वजनिक गरि उक्त नम्बर उपलब्ध गाएको हो ।
शुक्रबारदेखि एक हप्तासम्म माछा–मासु, दूध, तरकारीलगायतका लागि भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने छ भने प्रशासनले खाद्यान्न पसलहरूमा भीड बढेको भन्दै एक हप्ता खोल्न नदिने भनेको हो ।

कमेन्ट गर्नुहोस्