काठमाडौं, जेठ ८ गते । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी शनिबार विहान नयाँ निर्वाचनको मिति तोक्नु भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको बैठक शुरुभएको छ ।
बैठक विहान ११ः१५ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा शुरुभएको नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
नेकपा ९माओवादी केन्द्र० का नेता देवप्रसाद गुरुङकाअनुसार विपक्षी गठबन्धनमा आवद्ध सबै दलका नेताहरुको बैठकमा सहभागीता रहेको छ ।
राष्ट्रपतिको पछिल्लो कदमपछि कसरी अगाडि बढ्ने बारेमा समिक्षा हुने र आगामी कार्यनीति तय गरिने नेता गुरुङले बताउनुभयो । बैठकमा काँग्रेस, माओवादी केन्द्र, एमाले माधव नेपाल पक्ष, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्ष तथा जनमोर्चाका नेताहरुको सहभागिता रहने उहाँले बताउनुभयो । बैठकले आवश्यक रणनीति र कार्यनीति तय गर्ने उहाँले बताउनुभयो ।
लक्की चौधरी
कमेन्ट गर्नुहोस्