काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले वैकल्पिक सरकार गठनका लागि अरु दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक बोलाएको कांग्रेसले जनाएको छ। बैठक केही बेरमा बस्दैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार अपरान्ह ५ बजेसम्म समय दिएकी छिन।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली पदमुक्त नभइकन नयाँ सरकार गठनका लागि राष्ट्रपतिले अघि बढाएको प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक भएको बताएको छ।
यस्तै आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।
कमेन्ट गर्नुहोस्